# भर्खरै
Namaste Icon
Ad
Ad

जग्गा भाडामा लिएर नरभान तरकारी खेती गर्दै, वर्षको ४/५ लाखसम्म आम्दानी

जग्गा भाडामा लिएर नरभान तरकारी खेती गर्दै, वर्षको ४/५ लाखसम्म आम्दानी

काठमाडौं । अमरगढी नगरपालिका वडा ८ डडेल्धुराका किसान नररभान पार्किङले विगत २ वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । वर्षेनी ६० हजार रुपैयाँ तिर्ने गरि १४ रोपनी जग्गा भाडामा लिएर पार्किङले काउली, फर्सी, गोलभेडा, आलु लगायत तरकारी खेती गरिरहेका हुन । उनले आफ्नो जीविकोपार्जनका लागि मात्रै खेती गरिरहेका छैनन् । बरु झन्डै आधा दर्जन बेरोजगारी युवाहरूलाई रोजगारी समेत दिएका छन ।

नेपालमा बसेर काम छैन भन्दै विदेशिने युवाहरूका लागि पार्किङ एक उदाहरणीय व्यक्ति बनेका छन । करीब ८/१० लाख रुपैयाँ लगानी गरेर तरकारी खेती सुरु गरेका नररभानले कृषिका लागि स्थानीय सरकारले कुनै पनि किसिमको सहयोग नगरेको गुनासो व्यक्त गरे । उनले भने, 'कृषिका लागि सहयोग गर्छौं भन्ने सरकार तथा संघसंस्थाहरु धेरै छन तर मलाई अहिलेसम्म कुनै संघसंस्थाले पनि सहयोग गरेका छैनन् ।'

पहुँच र ठाउँमा आफन्त हुनेले मात्रै कृषि अनुदान मार्फत पाउने आर्थिक सहयोग मिल्ने गरेको पार्किङको बुझाई छ । उनले थपे 'हुने खाने र आफन्तलाई मात्रै कृषि बजेट पार्ने गरेकोले हामीजस्ता गरीब किसान् प्राथमिकतामा पर्न सकेनौं ।' यतिबेला कृषक नररभानले वार्षिक झण्डै ४/५ लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्दै आएका छन ।

Ad

सम्बन्धित समाचारहरु

बदाम खेतीबारे जानकारी

बदाम खेतीबारे जानकारी

अङ्ग्रेजीमा 'पिनट' भनिने वस्तु नेपालमा 'बदाम' भनेर चिनिन्छ। नेपालमा सबैतिर उपभोग गरिने खाद्य पदार्थमा बदाम पर्दैन। तर हाल आएर कतिपय साना उद्योगहरूले निकै ठुलो मात्रामा बदाम प्रशोधन गर्ने र प्याकिङ गर्ने काम गर्न थालेका छन्। गत दुई दशकमा नेपालका विभिन्न भागका किसानहरूले नगदे बालीका रूपमा उल्लेख्य मात्रामा बदाम खेती गर्न थालेका छन्। तेल उत्पादनका लागि बदामको पर्याप्त माग हुन थालेको पनि छ।

कुखुराको मासुमा उच्च मूल्य वृद्धि

कुखुराको मासुमा उच्च मूल्य वृद्धि

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै तयारी ब्रोइलर कुखुराको मासुको मूल्यमा उच्च वृद्धि भएको छ । एक सातामा तयारी कुखुराको मासुको खुद्रा मूल्य किलोमा ४५ रुपैयाँले बढेको खुद्रा विक्रेताहरुले बताएका छन् । गत आइतबार प्रतिकिलो ३४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तयारी कुखुराको मासुको भाउ शुक्रबार ३८५ रुपैयाँ पुगेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस