# भर्खरै
Namaste Icon
Ad
Ad

स्वास्थ्यमा कोञ्ज्योसोम : कोभिडका साथै नागरिक आरोग्य केन्द्रदेखि स्वयंसेविकाहरुलाई प्रोत्साहनसम्म

स्वास्थ्यमा कोञ्ज्योसोम : कोभिडका साथै नागरिक आरोग्य केन्द्रदेखि स्वयंसेविकाहरुलाई प्रोत्साहनसम्म

सन्तोष दहाल, ललितपुर। आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले महिला स्वयंसेविहरुको प्रोत्साहनका कार्यक्रम ल्याउने भएको छ। गाउँपालिकाको नवौं गाउँसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पालिका उपप्रमुख मिङ्गमा लामाले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहनस्वरुप यातायात खर्च उपलब्ध गराउन लगायतका कार्यक्रम लागु गरिने जानकारी दिएकी हुन् ।

यसैगरी उक्त कार्यक्रमको साथै आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच र सुनिश्चितताका लागि गाउँपालिका भित्रका स्वास्थ्य संस्थाले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउन मुटु, मृगौला, क्यान्सर लगायतका घातक रोगका विरामीहरुलाई यथाशक्य सहयोग गर्न, गाँउपालिका केन्द्रसँगै रहेको चौघरे स्वास्थ्य चौकिमा रहेको ल्याब सेवालाई श्रोतसाधन सम्पन्न बनाउनका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४० लाख रुपयाँ विनियोजन गरेको छ।

यसको साथै गाउँ भित्रका स्वास्थ्य संस्थाले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाई सेवाको गुणस्तरीयतामा जोड दिदै आयुर्वेद चिकित्सा पद्धती, ध्यान र योगलाई स्वास्थ्य उपचारको सहयोगी माध्यम बनाउन प्रोत्साहित गर्दै नागरिक आरोग्य केन्द्रलाई अझ व्यस्थित बनाउन रु. २ लाख ५० हजार रकम विनियोजन गरिएको उपप्रमुख लामाको भनाई छ।

गाउँपालिकाले विश्व महामारीको रुपमा फैलिएको कोरोना महामारीको कारण ज्यान गुमाएका नागरिकका परिवारलाई कोभिड–१९व्यवस्थापन कोष खडा गरी प्रति परिवार रु. १० हजार नगद सहयोग उपलब्ध गराउन आवश्यकरकमको व्यवस्था मिलाएको छ भने नेपाल सरकारबाट नि:शुल्क रुपमा वितरण हुँदै आएको ३५ थरीको औषधीको दायरालाई फराकिलो पार्दै थप औषधीको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहको तर्फबाट थप पहल गरिने र एण्टीजिन परीक्षणको दायरा;लाई फराकिलो पारिने गाउँपालिकाको योजना छ। 

Ad

सम्बन्धित समाचारहरु

१८ वर्ष पुगेका सबै नागरिकले चाँडै नै खोप पाउनेछन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ । १८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।

आफ्नै स्कुल एप्स ल्याउँदै सन्तानेश्वर विद्या मन्दिर

सन्तोष दहाल,ललितपुर । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस(कोभिड 19) ले शैक्षिक क्षेत्रमा पनि अतुलनीय असर गरेको छ । विगत डेढ वर्षदेखि नै विद्यार्थीहरुले पहिलेजसरी अध्ययन गर्न पाईरहेका छैनन् ।

Ad

प्रतिक्रिया दिनुहोस