# भर्खरै
Namaste Icon
Ad
Ad

त्यो आँगन!

त्यो आँगन!
शान्ति शर्मा

असारे झरी ,त्यो झ्याल
झ्यालमै अडेस लागेकी म,
झ्यालैछेउको काब्रोको रुख
काब्रोको पातमा झरेका पानीका थोपा
तप तप तप
त्यो जादुमय संगीत !!

असारे फूल, फूलेर रातै भएको आँगन
आँगनको कुनामा तुलसीको मोठ
मोठैनिर बग्ने सानो कुलो
कुलोमा छप्ल्याङ छप्ल्याङ भिज्दै
रमाइरहेका एक हुल कलिला फूलहरु!!

छङ छङ छङ सुसेल्दै बग्ने
हाँडिखोला
कहिले आँखै नहेरी मडारिएर
कहिले शान्त स्थिर बग्ने
उजेली खोला
घुम भित्रबाट घन्केको असारे भाका
" छोरीको जन्म हारेको कर्म"
पँधेरो ढाकेर फूलेको लहरे गुलाब
बर्षामा होस् कि खडेरीमा
अचानक उर्लिएर आउने खहरे!
बलेँसीमा उभिएर आकाश हेर्दै
रमाउने त्यो बालापन र म
मलाई हेर्दै मुस्कुराउने मेरो बुबा
यो झरी र आज
सबै कुरा पूरा भएर पनि
लाग्छ मनको एउटा कुनो खाली छ!
लाइन लागेर आउने
थाक्तै नथाक्ने यी यादहरु
उफ यादहरु!!!


शान्ति शर्मा,तिनकुने काठमाडौ
२०७८/३/१२

Ad

सम्बन्धित समाचारहरु

सुनगाभा साहित्य सदन ललितपुरको भर्चुअल कवितावाचन प्रतियोगिता सम्पन्न

लक्ष्मण दुलाल, ललितपुर । 'जब कवि कवितामा भाव पोख्छन् रमाई ,मगमग सुनगाभा फुल्छ ,बास्ना चलाई' भन्ने मुल नाराको साथ ललितपुरको महाङ्काल गाउँपालिकामा स्थापित सुनगाभा साहित्य सदन ललितपुरले २०८ औँ भानुजयन्तीको अवसरमा ललितपुर जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

गीति कविता : आषाढ आयो

गीति कविता  : आषाढ आयो

आयो आषाढ महिना यो,रोप्छौ धान सबैमिली छायो फाँटमासबै किसान ,खन्ने जोत्ने कामगरी गर्छौकाम दिनभरी सधैं ,वालीर सुसेली स्वारफाँटमा झर्छौ बेशिहरुमा सँगसँगै ,रमाइलो झन साथमादेखिन्छ जताततै फाँटमाहरुमा, खेताला र खेतालीहरुभेटिन्छ जताततै असारेझरिमा, जोत्दैछ्न हलिगोरुभेटिन्छ्न ठिँगारे दाजु ,आलिलाऊदै आलितिरदेखिन्छन् कोहिभाइ,बिउ बोक्दै डोकोसिर

Ad

प्रतिक्रिया दिनुहोस