# भर्खरै
Namaste Icon
Ad
Ad

भारतको निर्देशनमा संघीय लोकतांत्रिक व्यवस्थालाई नै समाप्त पार्न लागिपरेका ओली

भारतको निर्देशनमा संघीय लोकतांत्रिक व्यवस्थालाई नै समाप्त पार्न लागिपरेका ओली
रामप्रसाद रिजाल

जनकपुरमा नेपालका प्रधानमन्त्री ओलीले मोदीलाई गरेको लम्पसारवादी अभिनन्दन, नेपाली झण्डाको अपमान, भारतसंग अरुण लगाएतका नेपालको हित विपरीत समझौताहरु, लिपुलेक सहितको नक्सा जारी गर्ने तर प्रकाशन गर्न रोक्ने हर्कत, भारतीय दुतावासका कर्मचारीको चिट्ठीको भरमा विषादीयुक्त तरकारी नरोक्ने लगाएतका राष्ट्रघाती निर्णयहरु ओलीले गरे । ओलीको राजेन्द्र महतो र महन्थ ठाकुर संगको अपवित्र गठबंधन नागरिकता संशोधन विधेयक चुरे सम्पदा बेच्ने निर्णय र मधेशवादी दलका वहमुत सदस्य हरु सम्मिलित मन्त्रीमन्डल गठनबाट ओलीको नक्कली राष्ट्रवाद निर्वस्त्र भैसकेको छ । एमाले विभाजनको घोषणा भएको भोलीपल्ट ओलीलाई दुधमा डुवेको झिंगा फाले झै फाल्छन ।

अहिलेको भारत को मुख्य डिजाइन भनेको ओलीबाट प्रतिनिधि सभा विघटन गराउने त्यो पुरा भैसक्यो निर्धारित मिति कार्तिक मंसिरमा चुनाव नगराउने अनि संविधान लाई सक्रिय नबनाउने संविधान सकृय नबनाई सकेपछी राष्ट्रपति शासन लगाउने । अनि अहिलेको संघिय लोकतांत्रिक व्यवस्थालाई कोल्याप्स गर्ने र कम्युनिस्टहरू लाई कमजोर बनाएर भारतले आफ्नो उद्देश्य हरु पुरा गराउने र नेपाललाई भारतको उपनिवेश जस्तो बनाउने भारतको योजनामा ओली भारतीय प्रयोग भइरहेका छन ।

भारतले नेपालको मधेशमा विद्रोह नहोस भनेर संविधान जारी गराउन पहल गर्नु अस्वभाविक थिएन, तर यसमा भारतको द्वैध रणनीति थियो । भारत स्वयंम मधेशवादी दलहरूलाई असंतुष्ट राख्न चाहान्थ्यो १२ बुंदे समझौता पछी नँया संविधान घोषणा नै पहिलो यस्तो नेपाल को राजनीति घटनाक्रम थियो जसमा भारतलाई वाइपास गरिएको थियो । तत्कालीन एमाले कांग्रेस र माओवादीहरु मिलेर जारी गरेको नँया संविधान प्रति भारत सन्तुष्ट थिएन ।

मधेसवादीका माग सम्बोधन गर्न कांग्रेस माओवादी केन्द्र लगाएत दलहरु सहमत नै थिए, तर एमाले अध्यक्ष केपी ओलीले मधेशका जनतालाई युपी विहारका हुन भन्दै उग्र कटाक्षका साथ उपेक्षा गर्दै नँया संविधानमा मधेसका मागलाई समेट्न दिएनन । संविधान जारी पछी मधेशवादी दलहरु असन्तोषजनक भएको घटनामा भारतले नेपालमा अघोषित नाकावन्दी गराईदियो । ओली भर्सेज मधेशवादी दल र भारत जस्तो परिस्थिति बन्यो।

नाकावन्दी पछी नेपालमा भारत विरोधी भावना उग्र रुपमा बढ्यो यसैबेला ओलीले आफूलाई महान राष्ट्रवादी सावित गर्ने मौंका पाए । भारतको नाकावन्दीको खास उद्देश्य भनेको नेपालीको राष्ट्रवादी भावानाकै जगमा आफ्ना सेवक नोकर ओलीलाई स्थापित गर्ने चाल थियो कि भन्ने शंका छ । भारतले बुझेको थियो नेपालीहरुमा उग्र राष्ट्रवादी भावना छ, यही भावनालाई बुझेर सच्चा राष्ट्रवादीलाई सत्तामा आउन दिनु भन्दा आफ्नो वफादार सेवक ओलीलाई नै किन नेपाल को सत्तामा स्थापित नगर्ने ?

नेपाली राष्ट्रवादी संवेदना भजाएर ओली जस्ता नक्कली राष्ट्रवादी राष्ट्रघाटी भारतका दास लाई भारतले नेपालको सत्तामा स्थापित गर्यो जसको परिणाम अहिले हामी सबै राष्ट्रप्रेमी नेपालीहरु ले खेपिरहेका छाैं । ओली भारतको निर्देशनमा संघीय लोकतांत्रिक व्यवस्थालाई नै समाप्त पार्न न्वारन देखिको बल लगाईरहेका छन ।

लेखक रामप्रसाद रिजाल नेकपा एमालेकाे माधव समुहका नेता हुन । यि उनका नीजि विचार हुन ।


 

Ad

सम्बन्धित समाचारहरु

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

दीपेन्द्र ओली  । देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छ, जनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस