# भर्खरै
Namaste Icon
Ad
Ad

फाेटाेग्राफीमा क्षमता विकास किन र कसरी ?

फाेटाेग्राफीमा क्षमता विकास किन र कसरी ?
Photo-Yogendra Jung Basnet

तपाईँ हामी फाेटाेग्राफर सँग केही अत्यावश्यक उद्यमशील गुणहरू नभएमा त्यसले तपाईँ र हाम्राे फाेटाेग्राफी व्यवसायलाई ठुलाे बन्न असर पुर्याउन सक्छ। फाेटाेग्राफी ब्यावसायमा सफल बन्न हामी व्यवसायीहरूले विभिन्न आचरण वा व्यवहारहरू पनि सिक्न र जान्नुपर्ने हुन्छ, जसलाई समयक्रमसँगै विकास गर्न सकिन्छ। समर्पण, इमान्दारी, खुलापन, महत्वाकाङ्क्षा, मृदुभाषी जस्ता गुणहरूले तपाईँ हामीहरूलाइ सफल फाेटाे उद्यमी बन्न मद्दत गर्छ । सफल व्यवसायी बन्न आवश्यक खास गुणहरूको विकास गर्न क्षमता अभिवृद्धि तालिम सभा सम्मेलन र फाेटाेग्राफी प्रतिययाेगिताहरू महत्वपूर्ण हुन्छन् । फाेटाेपसलकाे फाेटाेग्राफी सीप बिकासका कक्षाहरूले तपाइ हाम्राे ब्यावसायलाइ सहयाेग प्रदान गर्दै आएकाे छ ।

तपाईँ हाम्राे सीप नै हाम्राे सबैभन्दा ठूलो सम्पत्ति हो। फाेटाे उद्यमीका रूपमा तपाईँको व्यापार व्यवसायको विकास अत्यावश्यक हुन्छ। फाेटाे उद्यमीको व्यावसायिक सीप बढ्नु भनेको फाेटाेग्राफरकाे उत्पादनशीलतामा विकास हुनु हो । यसै कुराहरूलाइ मनन् गरेर आम फाेटाेग्राफरकाे हितकाे लागी फाेटाे पसलले फाेटाेग्राफी क्षमता बिकासका निशुल्क फाेटाेग्राफी प्रतिस्प्रधा र फाेटाेग्राफी कक्षा समय समय मा प्रदान गर्दै आएकाे छ । Online Couple Photo Award-2021 पनि फाेटाेग्राफि क्षमता बिकासकै एक महत्वपुर्णा रूप हाे सहभागी बनाै आफ्नाे ब्यावसाय र फाेटाे उध्यमकाे बिकाशमा हाताेमालाै गराै । 

Ad

सम्बन्धित समाचारहरु

काेराेना खाेप लगाउन एका विहानैदेखि लाइन

काेराेना खाेप लगाउन एका विहानैदेखि लाइन

कोरोना (COVID- 19)  विरुद्धको खोप लगाउन महाराजगन्ज प्रहरी अस्पत्तालमा विहान ६ बजे देखि नै लाइन बसेका सर्वसाधारण ।

कप्पल पोट्रेट फोटो प्रतियोगिता किन र के का लागि ?

कप्पल पोट्रेट फोटो प्रतियोगिता किन र के का लागि ?

फोटो पसलको आयोजनामा कप्पल (युगल) पोट्रेट फोटो प्रतियोगिता हुने भएको छ । फोटोग्राफीको प्रमोशन गरि थप व्यावसायिक बनाउने तथा गुस्तरीयतालाई समेत जाँच गर्नको लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । फोटोग्राफरको क्षामता अभिवृद्धि गर्न थप टेवा पुर्याउन सो प्रतियोगिता विश्व फोटोग्राफी दिवसको अवसरमा सम्पन्न हुनेछ । फोटोगा्रफरलाई थप प्रेरणा र हौसला दिन आयोजना गरिएको सो प्रतियोगिताको लागि फोटो संकलन तथा जिल्लाबाट संयोजन गर्न विभिन्न जिल्लामा जिल्ला संयोजक चयन गर्ने कार्य भइरहेको छ । जिल्लामा तोकिएका संयोजकले फोटोग्राफरलाई थप हौसला प्रदान गर्ने र प्रतियोगितामा सहभागी हुन प्रेरित गर्नेछन । फोटोग्राफीको क्षेत्रमा छोटो समयमानै चर्चा कमाएको फोटो पसलले आफूले खिचेको जुनसुकै भएपनि युगल फोटो पठाउन अनुरोध गरेको छ । यस प्रतियोगिता सफल बनाउनको लागि फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपाने, यस प्रतियोगिताका संयोजक तथा बरिष्ठ ल्याब टेक्नेसियन हरि पाण्डे र फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेत लागि परेका छन । त्यस्तै, विभिन्न जिल्लाहरुमा चयन भएको जिल्ला संयोजक फोटोग्राफरहरु पनि खटिरहेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस