# भर्खरै
Namaste Icon
Ad
Ad

मुक्तककार कँडेलका समय सान्दर्भिक पाँच मुक्तकहरू

मुक्तककार कँडेलका समय सान्दर्भिक पाँच मुक्तकहरू
अर्जुनबहादुर कँडेल


परदेशी दाजुभाइहरू बेरोजगारी भएका छन्
जहाज चल्दैन नत वारी नत पारी भएका छन्
देश फर्कन मिले'नी लाखौंलाख रकम चाहिन्छ
हन्डर ठक्कर खाएपछि समझदारी भएका छन्।।


परदेशीको आँसु झर्छ पीडा सम्झना गर्दा खेरि
देशको सरकार काम लागेन अप्ठ्यारो पर्दा खेरि।।
दु:ख गरेर रेमिट्यान्स'त नेपालमै पठाएका छन्
कठैबरा भन्ने परिवार मात्रै रहेछ आँसु झर्दा खेरि।।


कयौंको भिसा सकियो राहदानीको मिति सकियो
वास्ता छैन संघसंस्थालाई संगठनको निति सकियो।।
कलकारखाना उद्योगहरू बन्द भए परदेशमा पनि
सरकार परदेशीको परदेश बस्ने परिस्थिति सकियो।।


काम गरुँ काम छैन नेपाल फर्कुँ खल्तीमा दाम छैन
परदेशीलाई गार्‍हो छ राजदुतावासमा भनु नाम छैन।।
खान नपाएर परदेशमा बिजोग भयो नेपालीहरूको
संसदले निति पास गर्न पर्ने रे सरकारको काम छैन।।


कोही जेलमा छन् कोही आत्महत्या गरेर मरे
बाध्यता आ- आफ्नो छ अप्ठ्यारोमा परेर मरे।।
लेखाजोखा छैन नेपालीको राजदुतावास सँग
कयौं डुबेर कयौं डढेर कयौं छतबाट झरेर मरे।।

अर्जुनबहादुर कँडेल, सिद्धलेक ७ धादिङ - हाल परदेशी भूमिबाट।


 

Ad

सम्बन्धित समाचारहरु

सुनगाभा साहित्य सदन ललितपुरको भर्चुअल कवितावाचन प्रतियोगिता सम्पन्न

लक्ष्मण दुलाल, ललितपुर । 'जब कवि कवितामा भाव पोख्छन् रमाई ,मगमग सुनगाभा फुल्छ ,बास्ना चलाई' भन्ने मुल नाराको साथ ललितपुरको महाङ्काल गाउँपालिकामा स्थापित सुनगाभा साहित्य सदन ललितपुरले २०८ औँ भानुजयन्तीको अवसरमा ललितपुर जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

गीति कविता : आषाढ आयो

गीति कविता  : आषाढ आयो

आयो आषाढ महिना यो,रोप्छौ धान सबैमिली छायो फाँटमासबै किसान ,खन्ने जोत्ने कामगरी गर्छौकाम दिनभरी सधैं ,वालीर सुसेली स्वारफाँटमा झर्छौ बेशिहरुमा सँगसँगै ,रमाइलो झन साथमादेखिन्छ जताततै फाँटमाहरुमा, खेताला र खेतालीहरुभेटिन्छ जताततै असारेझरिमा, जोत्दैछ्न हलिगोरुभेटिन्छ्न ठिँगारे दाजु ,आलिलाऊदै आलितिरदेखिन्छन् कोहिभाइ,बिउ बोक्दै डोकोसिर

Ad

प्रतिक्रिया दिनुहोस