# भर्खरै
Namaste Icon
Ad
Ad

 टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

 टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् । डा. सागरराज भण्डारीले भोलिदेखि अवकाश पाउने भएपछि उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट निर्देशक नियक्त गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ११ औं तहका बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए ।

कास्कीमा जन्मिएका ३८ वर्षीय डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट छाला तथा यौन रोगका एमडी गरेका छन् । स्वाइन-फ्लु, डेंगु र एड्स रोगविरूद्व काम गरेका डा. बास्तोलाले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

१८ वर्ष पुगेका सबै नागरिकले चाँडै नै खोप पाउनेछन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ । १८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।

आफ्नै स्कुल एप्स ल्याउँदै सन्तानेश्वर विद्या मन्दिर

सन्तोष दहाल,ललितपुर । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस(कोभिड 19) ले शैक्षिक क्षेत्रमा पनि अतुलनीय असर गरेको छ । विगत डेढ वर्षदेखि नै विद्यार्थीहरुले पहिलेजसरी अध्ययन गर्न पाईरहेका छैनन् ।

Ad

प्रतिक्रिया दिनुहोस