# भर्खरै
Namaste Icon
Ad
Ad

सरकारले नेपालको कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गर्याे : वामदेव गौतम

सरकारले नेपालको कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गर्याे : वामदेव गौतम

काठमाडौं । अखिल नेपाल किसान संघका अध्यक्षसमेत रहेका नेकपा एमालेका नेता वामदेव गौतमले वर्तमान सरकारले नेपालको कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरिरहेको आरोप लगाएका छन् । धान दिवसको अवसमा एक विज्ञप्ति जारी गर्दै नेता गौतमले वर्तमान सरकारले भूमि बैंक र करार खेतीजस्ता प्रणाली ल्याएर कृषि क्षेत्र भतभुंग बनाउने काम गरेको दाबी गरेका हुन् । 'हामीले भन्दै आएका थियौँ, नेपालको कृषि क्षेत्र (प्राथमिक उत्पादनको क्षेत्र) मा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गर्न दिइनुहुँदैन। यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुङ हुन्छन्,' गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'तर, वर्तमान सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि बैदेशीक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकुल बनाइदिएको छ। यो कार्यले नेपाली किसानलाई पूर्णत बेरोजगार र घरबारविहीन बनाउने छ।'

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ल्याएको भूमि बैंक इन्डोनेसिया र फिलिपिन्समा असफल भइसकेको कार्यक्रम भएको वामदेवको दाबी छ। 'हामीले धेरै वर्षअगाडिदेखि किसानलाई जमिनबाट बेदखल गर्ने कारण भूमि बैंकको विरोध गर्दै आएका थियौँ। भूमि बैंक भनेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरुले अगाडि सारेका एजेण्डा हुन् । इण्डोनेशिया र फिलिपिन्समा पूर्णत: असफल भइसकेको यो कार्यक्रम अहिले हाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ।'

यसैगरी गौतमले सरकारले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती ल्याएको उल्लेख गरेका छन्। 'यही सरकारले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउने काम गरेको छ। करार खेती भनेको एक किसिमको कर्पोरेट मोडलको कषि कार्य हो, जहाँ व्यापारिक कम्पनीहरु हावी हुन्छन् र कृषक समुदाय पूर्णत: विस्थापित हुन्छन्,' विज्ञप्तिमा उनले भनेका छन्, 'भारतदेखि युरोपेली मुलुकका किसानहरु यस्तो खेती प्रणालीबाट प्रताडित छन्। कतिपय मुलुकका किसान यस्तो खेती प्रणालीविरुद्ध आन्दोलित छन्। अहिले नेपालमा त्यही प्रणाली भित्र्याउनका लागि सरकार दत्तचित्त भएर अग्रसर छ।'

 

Ad

सम्बन्धित समाचारहरु

बदाम खेतीबारे जानकारी

बदाम खेतीबारे जानकारी

अङ्ग्रेजीमा 'पिनट' भनिने वस्तु नेपालमा 'बदाम' भनेर चिनिन्छ। नेपालमा सबैतिर उपभोग गरिने खाद्य पदार्थमा बदाम पर्दैन। तर हाल आएर कतिपय साना उद्योगहरूले निकै ठुलो मात्रामा बदाम प्रशोधन गर्ने र प्याकिङ गर्ने काम गर्न थालेका छन्। गत दुई दशकमा नेपालका विभिन्न भागका किसानहरूले नगदे बालीका रूपमा उल्लेख्य मात्रामा बदाम खेती गर्न थालेका छन्। तेल उत्पादनका लागि बदामको पर्याप्त माग हुन थालेको पनि छ।

कुखुराको मासुमा उच्च मूल्य वृद्धि

कुखुराको मासुमा उच्च मूल्य वृद्धि

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै तयारी ब्रोइलर कुखुराको मासुको मूल्यमा उच्च वृद्धि भएको छ । एक सातामा तयारी कुखुराको मासुको खुद्रा मूल्य किलोमा ४५ रुपैयाँले बढेको खुद्रा विक्रेताहरुले बताएका छन् । गत आइतबार प्रतिकिलो ३४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तयारी कुखुराको मासुको भाउ शुक्रबार ३८५ रुपैयाँ पुगेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस