# भर्खरै
Namaste Icon
Ad
Ad

नेपाली कम्युनिष्ट पार्टीहरुको असली रुप र सार कस्तो छ, विकल्पको तयारी

नेपाली कम्युनिष्ट पार्टीहरुको असली रुप र सार कस्तो छ, विकल्पको तयारी
विपिनराज कक्रेल

भोट बटुल्न पार्टीको नाम कम्युनिष्ट राख्न छाडेका छैनन् र छाडदैनन पनि । अझ झन यी पार्टीहरुको व्यवहार र काम कट्टर धार्मिक, दलाली, कमिशन खोर, ठेकेदारी, अझै भ्रष्टाचारीहरुलाई सत्ता, पावरले नै काखी च्याप्नलाई माहिर छन । आजको विश्वमा कम्युनिष्ट व्यवस्था/वैज्ञानिक समाजवादी व्यवस्था संकटमा परेको छ । पुँजिवादले शाषण गरिरहेको छ । शाषण व्यवस्था मात्रै होईन सिङ्गो समाज व्यवस्था नै पुँजीवादी वैचारीकि तथा मुल्यहरुबाट नै चलिरहेको छ । यसको अर्थ हाम्रा आनिबानी, हाम्रा जीवनशैली र संस्कृती पुँजीवादी ढाचामा संरचित र संचालित छन । तीब्र पुँजीवादी संस्कृतिको विकास र बिस्तारले आजको मानव एउटा (मेसिनरी बस्तु) मा रुपान्तरण भएको छ ।

दर्शनशास्त्री जेसन ब्रेनन सन २०१४ ले मानिसको स्वभाव नै स्वार्थी लोभी पापी र डरपोक खालको हुने हुदाँ पुँजिवाद अपरिहार्य बन्न गएको तर्क गर्छन । शक्ति र स्रोतमाथी चरम शोषण, दमन, हत्या, ब्लत्कारजस्ता जघन्य अपराध गरेर भोक, विलाश र उन्मादमा रमाउनेहरुले पुँजिवाद बाहेक अरु कल्पना पनि नगर्नु वा गर्न नखोज्नु स्वभाविक हो । नेपालमा त झन त्यस्तै सोचाइ अनि मतिभ्रष्टको कमि छैन । किनकी धर्मको आडमा दलाल पुँजीवादी संसदिय वयवस्था र कम्युनिष्टको मुकुट लगाएका पार्टीहरु र नेताहरु कै हालिमुहाली मौलाएको प्रष्ट छ ।

श्रमिकले कमाएको अतिरिक्त मुल्य खाएर पुँजिपति वर्ग मोटाएका छन । अझ नेपालमा त झन संघिय सरकारदेखी प्रदेश सरकार अनि स्थानीय सरकार चाहे त्यो राजस्व संकलन गर्दा होस या बजेट बिनियोजन गर्दा दुवै हातमा लड्डु भनेझैं जनताबाट राजस्व चुसेर मोटाएको प्रशस्त उदाहरण छन । जस्तै अरबौ पैसाको भ्रष्टाचार गर्ने अनि शक्ति, सत्ता, पावर र पहुँचमा रजाइँ गर्ने यदि कहिँ कतैबाट सन्चारमा आय पार्टीलाई त्यही रकमको केही हिस्सेदार बन्ने अनि फेरि पार्टीबाट टिकट ल्याउने त्यसैले चुनावमा टिकट पाउने क्रम तिब्रगतिमा बढेको छ । यदि अख्तियार लागे अरबौ पैसा लुट्ने अनि सिमित रकम ५/७ लाख तिर्ने शक्ति, सत्ता पावरवालाले काखी च्याप्ने अनि च्याप्टर क्लोज गर्ने चलन बसेको छ ।

शाेषित उत्पीडित श्रमिक वा श्रमजीवी जनता मुख्यत: युवाहरु एक भएर संघर्ष गरे श्रमिकहरुले आफ्नो सत्ता निर्माण गर्न सक्छन र सकिन्छ । तर यहाँ केहि उग्र सनातन उग्र बिस्तारवाले आफ्ना नोकर खटाएको छ । यो वर्षौदेखि चल्दै आएको छ । अझ नेपालीहरु एक भए विश्व पुँजिवादलाई चुनौती हुन्छ । यसले डर बढेको देख्न सकिन्छ त्यसैले विभिन्न बाहाना वा विभेदहरु बढाएको हो । जस्तै जातीय विभेद, वर्गिय विभेद लैङ्गक विभेद, लगाएतका इत्यादि विभेदहरुको बीस घोलिएको छ । ताकि श्रमिक, श्रमजीवी वर्ग, उत्पीडित समुदाय कहिल्यै एक नहुन आपसमै लडुन भन्ने पुँजीवादी व्यवस्था चाहना हो र यहाँका कम्युनिष्ट पार्टीहरु पनि दलाल पुँजीवादी संसदिय व्यवस्था बचाइराख्न चाहन्छन ।

समाजमा उत्पीडित र उत्पिडकबिच निरन्तर चलिरहन्छ । यहि वर्गसंघर्षबाट समानतामुलक तथा न्यायपुर्ण कम्युनिष्ट व्यवस्था भनेर कार्ल माक्र्स र फेडिरिक एगेल्सले कम्युनिष्ट घोषणापत्रमा लेखेका थिए । साठीको दशकसम्म आइपुग्दा सोभियत संघ, चीन, क्युवालगाएत विश्वका थुप्रै देशहरुले कम्युनिष्ट व्यवस्था अबलम्ब लागु गरिरहेका छन । ‌तर नेपालमा भने क्रान्तिकारी कम्युनिष्ट व्यवस्था माथि कुनै पनि छलफल नगरीकन सिधै दलाल पुँजीवादी संसदिय व्यवस्थामा गएर रम्नु नै नेपालका कम्युनिष्ट पार्टीहरुको रुप र सार कस्तो हो भनेर बुझ्न सकिन्छ । किनकि पुँजिवाद वा पुँजिपती वर्गलाई भरन पोषण गर्ने उग्रसनातन धर्म र उग्रबिस्तारवादीले प्रयोग गर्दै आएको छ र नेपाली कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताहरुको बिलाशिता वा नीजि स्वार्थ पूरा हुन्छ तर कम्युनिष्ट व्यवस्थामा त पुँजीवादीहरुको स्वार्थ पुग्दैन । विद्यामान परिस्थितिमा मुलुकलाई स्वधीन हेर्दै नेपाललाई आत्मनिर्भर बनाउने हो भने नेपालीको श्रम, सीप, कला अनि श्रमजीवी वर्गको समुन्नति बनाउने हो भने अबलम्ब क्रान्तिकारी कम्युनिस्ट व्यवस्था/वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्न सम्भव छ । त्यो पनि हाम्रै पालामा यो एउटा युवा पुस्तामा ठुलो अवसर आयको छ । किनभने कम्युनिष्ट आन्दोलन या क्रान्तिमा कम्युनिष्ट नाम राखेर विभिन्न प्रोपोगान्डा रचेर कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताहरु विलाशितातर्फ जानू भनेको अब नेपाल बाट दलाल पुँजीवादी संसदिय व्यवस्थाको पतन या अन्त्य हुनुको पुर्व उदयमान संकेत हो । यस अवसरलाई युवा पुस्ताले काँधमा काँध थाप्ने हो भने इतिहास रचिने छ । सन १९२५ मा भारतिय कम्युनिष्ट पार्टीको गठन भयो ।

नेपालमा सन १९४१ मा कम्युनिष्ट पार्टीको उदय भयो तर अफसोच कम्युनिष्टहरुले दक्षिण एसियामा कम्युनिष्टहरुले क्रान्ति गरे पनि अन्तर्राष्ट्रिय कम्युनष्ट व्यवस्था स्थापना गर्ने लक्ष्य लिएका पार्टीहरु व्यक्तिगत स्वार्थ कारण टुक्रा टुक्रा भएर फुटतर्फ विभाजन भए । र नेपाली समाजमा झुटको खेती छरेर वा विभिन्न भ्रम छरेर भए पनि कम्युनिष्ट पार्टीको नाममा भोट बटुल्न पछि पर्दैनन् । अझ विद्यामान नेपालको अवस्थालाई हेर्दा आफ्नो जाल झेल पुर्ण व्यवस्था टिकाउन खरबौ पैसा खर्चियर भ्रमपुर्ण भाषणले पुनर्उत्पादन गर्ने शिलशिला जारी छ । यस्तो चलखेल गरी आफ्नो शोषणको सत्ता टिकाइराख्न यिनिहरुसङ्ग पैसा , पावर,अनि समय पर्याप्त छ । तर जो सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसङ्ग धारिलो द्वन्दात्मक भौतिकवादको बिचार छ । जुन बिचारले यसलदलाल पुँजीवादी संसदिय व्यवस्थालाई पाताल देखि उखेलेर फाल्न सक्छ ।

यस दलाल पुँजीवादी संसदिय व्यवस्थाबाट थिचिएको विशाल श्रमजीवी श्रमिक शक्ति छ ले आर्ज्याको विज्ञान, प्रविधि र संचारको उच्चतम विकास छ जसबाट वैज्ञानिक समाजवादी श्रमिक शक्तिको भ्रुण उत्पती भैसकेको छ ।अबको वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न विकासका चरणहरु पार गर्दै एउटा गतिशील ,शशक्त जुझारु, इमानदार,भौतिकवादी, युवाको नेतृत्व सहितको पङ्ती लामबद्द भैसकेको छ । किनकि गतिशील, इमानदार र जुझारु युवाहरुको नेतृत्वले नै आजको बस्तुगत सापेक्षता मा माक्र्सवादलाई पुनर्ब्याख्या गर्न सक्छ । इमानदार र मानव मुत्तीका निम्ति कटिबद्ध नेतृत्वले उत्पीडित जनमानसमा ब्याप्त निराशालाई आगोको झिल्कोबाट ज्वालामुखी तिर अग्रसर गर्दैछ । जुन गतिमा आज विज्ञान, प्रविधि र संचारले जुनकिसिमको फड्काे मारिरहेको छ पुँजीवादले त्यसको अत्यधिक प्रयोगबाट नै अंकुत मुनाफा जम्मागरिरहेको छ । त्यसलाई राजनैतिक जागरणमार्फत श्रमिक उत्पीडित वर्ग समुदाय माझ पुर्याउन सर्बाधिक महत्त्वपूर्ण काम हो । वैज्ञानिक बिचारले सुसज्जित संगठन मात्र पुजिवादसङ्ग जुध्ने भौतिक शक्तिमा रूपान्तरित हुन्छ । साँच्चिकै मुक्तिगामीहरु सचेत र संगठित भै महाअभियानमा लामबद्द हुन आबस्यक छ र युवा पुस्ता नयाँ तरिकाले नयाँ जोस नयाँ उमङ्ग र गर्व गर्ने इतिहासलाई सर्बाधिक आत्मसात गर्दै अघिबढे वैज्ञानिक समाजवादि व्यवस्था सन्निकट नै छ ।

 

पुजिवाद केहो ? किन मौलाएको छ ?

विद्यामान परिस्थिति र इतिहास लाई हेर्दा आफ्नै विशेषतामा मात्र चल्न नसकेर केयौं समाजवादी मुल्यलाइ ग्रहण गर्दै भरथेग गरिरहेको छ र लोकतन्त्र, राष्ट्रियता, र समाजवादका नारा लगाएर केही मुठ्ठी भर शाषकहरुले बनाएको जञ्जाल हो । आजको पुँजिवाद स्क्यान्डिभियन मुलुकहरुले अझ धेरै समाजवादी मान्यतालाई आत्मसात गरिरहेको पाइन्छ । पुँजिवादको मुख्य नेतृत्व मानिएको अमेरिकाले पनि केयौं समाजवादी विशेषतालाई अबलम्बन गर्न बाद्य छ । तर संसार भरी झन्डै सबै देशका शाषन प्रणाली तथा समाज व्यवस्था मुलभुत पुँजीवादी मान्यतामा आधारित छन जो हिजो कम्युनिष्ट व्यवस्था अपनाइसकेका देशहरु पनि पुँजिवाद ढाँचामा ढल्किदै गइरहेको स्थिति पाइन्छ ।

पुँजिवादि वा दलाल पुँजीवादी संसदिय व्यवस्थाको मुलभुत मान्यता भनेकै पुँजिपति वर्गले र पुँजिलाई आधार मानेर प्रतिस्पर्धामा आधारित व्यवस्था हो । यसले व्यक्ती वा पार्टीले स्वतन्त्र ढ्ङ्गले काम कार्यकुशलता प्रतिभा र सक्षमतालाई कुनै पनि व्यक्ती वा पार्टीलाई प्रस्फुटन गर्ने अवसर दिदैँन । मान्छे आफ्नो नीजि वा व्यक्तिगत स्वार्थको निम्ति जन्मिएको हो भन्ने प्रष्ट पार्छ चरम व्यक्तिवाद पुँजिवादको खास चरीत्र हो । यहि चरीत्रका कारण दलाल संसदिय व्यवस्थामा व्यक्तिले मनग्य वा अकुत नीजि सम्पत्ति कमाउने भएकोले नेपालमा स्वतन्त्र र लालाहित व्यक्ती या पार्टीहरु कम्युनिष्ट पार्टी नाम राख्ने गरेको हो । आजको नेपालमा केही मुठ्ठी भर मानिस वा पार्टीका नेताहरु खरब पति बन्ने र अधिकांस वा नेपाली जनताको जीवनस्तर भौतिक जीवन मुलभुत समस्याहरु सडकमा नै भौतारिनु बाध्यता दलाल पुँजीवादी संसदिय वयवस्थाको कारण हो जति सक्दो चाँडै र धेरै राष्ट्रको सम्म्पतीलाई नीजिकरण गरेर अरब पति खरब पति बन्ने जुन मुलभुत गन्तव्य बन्नुलाई नै पुँजिवाद भनिन्छ ।

विपिनराज कक्रेल, नेपाल श्रमिक पार्टी केन्द्रिय सदस्य

Ad

सम्बन्धित समाचारहरु

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

दीपेन्द्र ओली  । देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छ, जनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस