# भर्खरै
Namaste Icon
Ad
Ad

पाठ्यपुस्तकमा पुरानै नक्सा छाप्नेलाई स्पष्टीकरण सोधियो

पाठ्यपुस्तकमा पुरानै नक्सा छाप्नेलाई स्पष्टीकरण सोधियो

काठमाडौं । विद्यालय तहका पाठ्यपुस्तकमा पुरानै नक्सा छाप्ने प्रकाशकलाई स्पष्टीकरण सोधिएको छ । विद्यालय तहका पाठ्यपुस्तकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेपछि प्रकाशकलाई स्पष्टीकरण सोधिएको हो । पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै बिक्रीवितरण गर्न भनेको थियो । उक्त निर्देशनको अवज्ञा गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको अनुगमनबाट भेटिएकोले केन्द्रले फेरि प्रकाशक तथा बिक्री वितरकहरूलाई सचेत गराएको छ।

‘त्यस्ता पुस्तक, प्रकाशकहरूको नाम सार्वजनिक गरी कारवाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ,’ केन्द्रले भनेको छ । अनुगमनका क्रममा कक्षा २, ३ र ६ मा पुरानै पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक विक्री वितरण भएको पाइएको पनि उल्लेख छ । अब हुने अनुगमनमा पनि पुरानै नक्सा छापिएको पाइए कडा कारबाहीको प्रक्रिया अघि बढाउने केन्द्रले चेतावनी दिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

१८ वर्ष पुगेका सबै नागरिकले चाँडै नै खोप पाउनेछन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ । १८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।

आफ्नै स्कुल एप्स ल्याउँदै सन्तानेश्वर विद्या मन्दिर

सन्तोष दहाल,ललितपुर । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस(कोभिड 19) ले शैक्षिक क्षेत्रमा पनि अतुलनीय असर गरेको छ । विगत डेढ वर्षदेखि नै विद्यार्थीहरुले पहिलेजसरी अध्ययन गर्न पाईरहेका छैनन् ।

Ad

प्रतिक्रिया दिनुहोस