# भर्खरै
Namaste Icon
Ad

जिपको नयाँ कम्पास आगामी २१ गते सार्वजनिक हुदै

जिपको नयाँ कम्पास आगामी २१ गते सार्वजनिक हुदै

काठमाडाैं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आउँदो असार २१ गते सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । यसअघि नै प्रि–बुकिङको घोषणा गरिसकेको एमएडब्लु लाइफले सोहीदिनदेखि नयाँकम्पासको डेलिभरी पनि शुुरु गर्ने बताएको छ । नयाँ कम्पासलाई नेपालका लोकप्रिय मिडिया पर्सनालिटी भुषण दाहाल र नेपालका स्टाइल आइकन प्रशान्त ताम्राकारले गर्नेछन् । भर्चुअल लन्चको प्रत्यक्ष प्रसारण जिप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा सोमबार साँझ ५ः३० मा हेर्न सकिनेछ ।

स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध हुने नयाँकम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँको बीचमा राखिएको छ । नयाँ कम्पास अघिल्लो मोडेल झैं दुई वटा पावरट्रेनमा उपलब्ध हुनेछ । १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपीपावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ ।

त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपीपावर र ३५० एनएम टर्क उत्पन्नगर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । नयाँकम्पासको स्टाइल अघिल्लो संस्करणमा झैं उल्लेखनीय छ । यसमा पहिले झैं सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विलआर्क, रिफ्लेक्टर र एलइडी प्रोजेक्टरसहितको हेडल्याम्प रहनेछ । तर इन्टेरियरमाभने व्यापक परिवर्तन गरिएको छ ।

२०२१ कम्पासको क्याबिनमाउल्लेखनीयकामगरिनुका साथै धेरै फिचर थपिएको छ । यसमा मेटल ब्रोले घेरिएको मिड–बोल्स्टर पिस छ जसले इन्टेरियरको आकर्षणलाई बेजोड बनाएको छ । ड्यासबोर्ड डिजाइन पनि अपडेट गरिएको छ । ग्राहकले ट्रिम र भेरियन्टअनुसार लेदर र फेब्रिक अपहोल्स्ट्रीमा डुअल टोन र फुलब्ल्याक कम्बिनेसन पाउनेछन् । एमएडब्लु लाइफले यसको स्टोरेज अप्सनग्राहकमैत्रीहुने अपेक्षा गरेको छ ।

फिचरको कुरा गर्नेहो भने नयाँकम्पासमाफिफ्ड जेनेरेसन युकनेक्टसहितको १०.१ इन्चको हाई डेफिनेसन डिस्प्ले हुनेछ । साथै यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्सन हुनेछ । कन्टेन्ट स्क्रिनलाई स्टेरिङमा रााखिएको बटनहरुबाट कन्ट्रोल गर्न सकिन्छ । त्यसपछि यसमा ३६० डिग्री रिमोट क्यामेरा, क्र्युज कन्ट्रोल, बटन अपरेटेड पावर लिफ्ट गेट पनि हुनेछ । सेफ्टी र सेक्युरिटीको सूचीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिलहोल्ड एन्ड हिल डिसेन्ट कन्ट्रोल, सेलेकटेरेन ४ बाई ४ सिस्टम, ६ एअरब्याग, प्यानिक ब्रेक असिस्ट, रेन ब्रेक सपोर्ट लगायत ५० भन्दा बढी फिचर रहनेछ ।

Ad

सम्बन्धित समाचारहरु

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad