# भर्खरै
Namaste Icon
Ad
Ad

फोटोग्राफी कला र ब्यावसायलाइ उच्च सम्मानित तहमा पुर्याउन के गर्ने ?

फोटोग्राफी कला र ब्यावसायलाइ उच्च सम्मानित तहमा पुर्याउन के गर्ने ?
याेगेनद्रजगं बस्नेत, अध्यक्ष - फाेटाे पसल 

के तपाइँ हामी हाम्राे फोटोग्राफी कला र ब्यावसायलाइ अर्को उच्च सम्मानित तहमा पुर्याउन चाहदैनाैं ?
पक्कै चाहान्छाै ।

के हामी आफ्नो काम सकेसम्म धेरै मान्छेले हेरून् र थाहा पाउन् भन्ने चाहदैनम् ?
पक्कै चाहन्छाै ।

त्यसाे भए के कसरी फाेटाेग्राफी ब्यावसायलाइ उकास्ने त ? आफ्नाे फाेटाेग्राफी उदेश्य पुरा गर्न या फाेटाेग्राफी लक्ष्य पुरा गर्न के के गर्ने त ?

धेरै माध्यमहरू छन, तरिकाहरू छन, ति मध्ये सबैभन्दा महत्वपुर्ण उपाय हाे फाेटाे प्रतियाेगीतामा सहभागी भएर अफ्नाे फाेटाे सकेसम्म धेरै मानिसहरूलाइ देखाउने , आफ्नाे कामकाे उत्कृष्टता सार्बजनिक गर्ने र आफ्नाे तस्बिर काे बारेमा सके सम्म धेरै टिप्पणी लिने ।

 

फाेटाे प्रतियेगितामा सहभागी हुदा के के फाइदा छ त ?

१) फोटो प्रतिस्पर्धाले हामी ब्यावसायीक फाेटाेग्राफरलाइ बजार अनुसार अर्थात स्थानिय चलन अनुसार र नयां तरिका र बिधि पत्ता लगाइ सहि दिशामा ब्यावसायलाइ अगाडी बढाउन सकिन्छ ।

२) आराम र सैाखिन भएर पुरातन बिधि बाट फाेटाेग्राफी गर्न रूचाउने फाेटाेग्राफर बाहेकका फाेटाेग्राफरहरूलाइ साैखिन क्षेत्रबाट बाहिर आएर अधुनिक तरिकाबाट ब्यावसायलाइ अगाडी बढाउन मद्दत गर्दछ । साथै फाेटाेग्राफी कला र सिपलाइ इज्जतीलाे बनाउन ठुलाे अबसर मिल्छ ।

३) उत्कृष्ट र पुर्णता हासिल गर्न सहयाेग गर्दछ कारण जानेका या नजानेका बिषयमा सजग रहेर र सिकेर काम गर्न मद्दत गर्दछ ।

४) अफ्नाे काम, ब्राण्ड र ब्यावसायले ठुलाे प्रचार पाउछ हजाराै फाेटाेमा टप पचासमा मात्र परे पनि या टप सयमा मात्र पर्न सके पनि दर्शककाे आखामा तपाइ, हाम्राे फाेटाे पर्ने हुनाले बजार बढाउन सजिलाे हुन्छ ।

५) पुरस्कार र प्रमाण पत्र जित्ने माैका उपलब्ध हुन्छ । जसका कारण देश ब्यापी रूपमा प्रचार पाउन र बिदेशमा समेत प्रचार पाउन सकिन्छ । नयां र जानकार अनि स्थापित फेाटेाग्राफरहरू संग धेरै कुरा सिक्ने र बिदेश यात्रा गर्ने माैका समेत उपलब्ध हुन पनि सक्छ । यस्तेा माैका जिबनमा बारम्बार नआउने हुनाले जिबनकाे एक मात्र उत्कृष्ट अनुभब हुन सक्छ ।

६) हजारैा फाेटाेग्राफरहरू सहभागी हुने भएकाले सबैले उत्कृष्ट फाेटाे समाबेस गर्छन र ति सबै हेर्ने मैका पाइन्छ जसका कारण सबैकाे फाेटाेग्राफि गर्ने तरिका देखेर नया ढगंले फाेटाे खिच्न प्रेरित भइन्छ ।

यस्तै सयाैं कारणहरू छन् फाेटाे प्रतियाेगितामा एउटा ब्यावसायीक फाेटाेग्राफर सहभागिता हुदा हुने फाइदाहरू । आगामी अंकमा अरू थुप्रै फाइदाका बारेमा हामी चर्चा गर्ने छाैं ।

फाेटाे पसल द्वारा आयाेजीत जाेडी फाेटाेप्रतियाेगिता पनि नेपाली स्टुडियाे र स्वतन्त्र ब्यावसायीक फाेटाेग्राफरहरूकाे लागी एक ठुलाे अबसर बनेकाे छ । याे अबसर सगं सगैं १८२औं  बिश्व फाेटाेग्राफी दिवसकाे अबसरमा प्रतियाेगीताकाे घाेषणा हुनु नेपली पफाेटाेग्राफरहरूका लागी अर्काे महत्व पुर्णा र गर्बकाेे बिषय पनि बनेकाे छ ।

 लेखक याेगेन्द्रजगं बस्नेत विगत लामो समयदेखि फोटोग्राफी क्षेत्रमा सक्रिय बरिष्ठ फोटोग्राफर हुन, उनी फाेटाे पसलका अध्यक्ष समेत हुन ।

 

 

Ad

सम्बन्धित समाचारहरु

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

दीपेन्द्र ओली  । देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छ, जनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस