# भर्खरै
Namaste Icon
Ad
Ad

सुनगाभा साहित्य सदन ललितपुरको भर्चुअल कवितावाचन प्रतियोगिता सम्पन्न

सुनगाभा साहित्य सदन ललितपुरको भर्चुअल कवितावाचन प्रतियोगिता सम्पन्न

लक्ष्मण दुलाल, ललितपुर । 'जब कवि कवितामा भाव पोख्छन् रमाई ,मगमग सुनगाभा फुल्छ ,बास्ना चलाई' भन्ने मुल नाराको साथ ललितपुरको महाङ्काल गाउँपालिकामा स्थापित सुनगाभा साहित्य सदन ललितपुरले २०८ औँ भानुजयन्तीको अवसरमा ललितपुर जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

शनिबार भर्चुअल रुपमा सम्पन्न प्रतियोगितामा ललितपुरका २० जना कविहरुले नाम टिपाएकामा २० जनाबाट १० उत्कृष्ट छनोट गरिएका प्रतियोगीहरुले आफ्नो कविता वाचन गरेका थिए । प्रतियोगितामा महाँकाल गाउँपालिका ४ कालेश्वरका नारायण प्रसाद दाहाल प्रथम , गोदावरी नगरपालिकाकी कवियत्री शर्मिला दहाल (निहारिका सदा) द्धितिय, गुल्मीका शेखर अर्याल तृतिय र कालेश्वरका राजु घिमिरेले सान्तवना स्थान हासिल गरेका छन्।

कार्यक्रममा सुनगाभा साहित्य सदनका अध्यक्ष रामसुन्दर के.सीले साहित्य सदन स्थापना भएको १५ वर्ष सम्म आईपुग्दा विभिन्न आरोह र अबरोह पार गर्दै धेरै साहित्यकार कवि, गजलकार र कथाकार जन्म लिएको स्मरण गरे । केही समय सुनगाभा साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन भएको तर आर्थिक अभावले त्यसलाई निरन्तरता दिन नसकेको स्मरण गर्दै अध्यक्ष केसीलेआगामी दिनहरुमा पत्रिकालाई निरन्तर प्रकाशन गर्ने बताए । उनले कविता प्रतियोगिताको लागि महाँकाल गाउँपालिकाले एक लाख आर्थिक सहयोग गरेको थियो । सदनलाई अगाडि बढाउन अक्षकोषको स्थापना गर्ने र आजिवन सदस्य बनाउने बताए ।

महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले नेपाली भाषा कला साहित्यको संरक्षण गर्न सुनगाभा साहित्य सदनसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । अध्यक्ष दहालले पालिकामा नेपाली कला र साहित्यको विकास गर्न बजेट बिनियोजन गरेको बताए । कविता प्रतियोगिताको निर्णायक नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञिक सदस्य डा. देवि नेपाल तथा समालोचक कृष्ण दाहाल र छन्द कवि रत्न बिरही घिमिरे रहेका थिए । तीन सदस्यहरुको निर्णय मण्डलले १० ओटा कविता मध्येमा चार कविता उत्कृष्ट भएको बताए ।

संस्थाका सचिव भुमिनन्द घिमिरेले कोभिड १९ को दोस्रो लहरले गर्दा भौतिक रुपमा कार्यक्रम गर्न नसकेको तर केही समय पछि स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रुपमा स्रष्टाहरुलाई उपस्थित गराएर पुरस्कार प्रदान गर्ने बताए । विजेतामध्ये प्रथमलाई ७ हजार, द्धितियलाई ५ हजार, तृतियलाई ३ हजार र सान्तवना स्थानमा हुनेलाई १ हजार रुपैयाँ नगद राशिसहित प्रशंसापत्र र साहित्यिक पुस्तक प्रदान गर्ने बताईएको छ। कविता वाचन प्रतियोगीतामा गोदावरी साहित्यिक प्ररिषदका अध्यक्ष वशिष्ठ अधिकारी, वरिष्ठ साहित्यकार परसु तिमल्सिना,साहित्यकार तथा प्राध्यापक गोविन्द पराजुली , वाग्मिता साहित्यिक प्रतिष्ठानका अध्यक्ष नवराज संजेल लगायत विभिन्न साहित्यक संस्थामा आबद्ध स्रष्टाहरुले कविता वाचन गरेका थिए ।

 

 

Ad

सम्बन्धित समाचारहरु

गीति कविता : आषाढ आयो

गीति कविता  : आषाढ आयो

आयो आषाढ महिना यो,रोप्छौ धान सबैमिली छायो फाँटमासबै किसान ,खन्ने जोत्ने कामगरी गर्छौकाम दिनभरी सधैं ,वालीर सुसेली स्वारफाँटमा झर्छौ बेशिहरुमा सँगसँगै ,रमाइलो झन साथमादेखिन्छ जताततै फाँटमाहरुमा, खेताला र खेतालीहरुभेटिन्छ जताततै असारेझरिमा, जोत्दैछ्न हलिगोरुभेटिन्छ्न ठिँगारे दाजु ,आलिलाऊदै आलितिरदेखिन्छन् कोहिभाइ,बिउ बोक्दै डोकोसिर

मुक्तककार कँडेलका समय सान्दर्भिक पाँच मुक्तकहरू

मुक्तककार कँडेलका समय सान्दर्भिक पाँच मुक्तकहरू

१परदेशी दाजुभाइहरू बेरोजगारी भएका छन्जहाज चल्दैन नत वारी नत पारी भएका छन्देश फर्कन मिले'नी लाखौंलाख रकम चाहिन्छहन्डर ठक्कर खाएपछि समझदारी भएका छन्।।

Ad

प्रतिक्रिया दिनुहोस