# भर्खरै
Namaste Icon
Ad
Ad

भट्टेडाँडामा टेलिफोन पाठशाला : टोलटोलमा शिक्षक पुगेर शैक्षिक गतिविधि संचालन

भट्टेडाँडामा टेलिफोन पाठशाला : टोलटोलमा शिक्षक पुगेर शैक्षिक गतिविधि संचालन

ललितपुर । बागमती गाउँपालिका ३ मा रहेको भट्टेडाँडा आधारभुत विद्यालयले टेलिफोन पाठशाला सुचारु गरेको छ। सामुदायिक विद्यालयको भाषा शिक्षकहरुद्वारा अभिभावकहरुलाई फोन सम्पर्क गरी कक्षा १ देखि कक्षा ८ का बिद्यार्थीहरुलाई फोन सिकाई सहजीकरण गरी टेलिफोन पाठशाला सुचारु गरिएको हो । कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरको महामारीका कारण विद्यालयहरु बन्द भएको र विद्यार्थीहरु घरमा नै रहेका बेला विद्यार्थीहरुको शिक्षण सिकाइलाई निरन्तरता दिनको लागि सहजीकरणमा वैकल्पिक सिकाइका माध्यमहरु मार्फत टेलिफोन पाठशाला सुरु गरिएको ब्यबस अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।

कोरोना माहामारीको यस विषम परिस्थितिमा विद्यार्थीहरु शिक्षण सिकाइबाट बन्चित नहुन शिक्षक हरु संग ब्यबस को संयुक्त बैठक बसी सहजीकरणमा  बैठक संचालन गरिएको प्रअ सिताराम चाैरेलले बताए । साथै विद्यार्थीहरुलाई फोन सम्पर्क गरी सिकाइ सहजिकरणका लागी साक्षरता कार्याक्रम लागु भएका विद्यालयका भाषा शिक्षकहरुलाई अभिमुखीकरण व्यवस्था गरी फोनबाट विद्यार्थी सिकाइ सहजीकरण कार्य सुचारु गरेको छ  । बन्दाबन्दीको समयमा सिकाइ जहाँ पनि जहिले पनि भन्ने मान्यताका साथ टोल टोल मा शिक्षक खिटाई पढाईमा सहजिकरण गरिने कार्यक्रम रहेको अध्यक्ष घिमिरेको भनाई छ।  

फोनबाट बिद्यार्थी सिकाइ सहजीकरण कार्यले यो बन्दा बन्दीको समयमा अन्योलमा रहेका अभिभावक र बिद्यार्थीहरुले सिकाइको नौलो स्वरुपको महशुस गर्ने छन । फोन सिकाइ सहजीकरण कार्यले गर्दा सिकाइ अलमलमा रहेका नानीबाबु उत्साहका सिकाइ सहजीकरणमा सामेल भइ सिक्ने छन । टेलिफोन र बिध्यार्थि लाई सहजिकरण गर्नको लागि फोन खर्च शिक्षकहरुलाई विद्यालयले उपलब्ध गराउनेछ।

Ad

सम्बन्धित समाचारहरु

१८ वर्ष पुगेका सबै नागरिकले चाँडै नै खोप पाउनेछन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ । १८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।

आफ्नै स्कुल एप्स ल्याउँदै सन्तानेश्वर विद्या मन्दिर

सन्तोष दहाल,ललितपुर । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस(कोभिड 19) ले शैक्षिक क्षेत्रमा पनि अतुलनीय असर गरेको छ । विगत डेढ वर्षदेखि नै विद्यार्थीहरुले पहिलेजसरी अध्ययन गर्न पाईरहेका छैनन् ।

Ad

प्रतिक्रिया दिनुहोस