# भर्खरै
Namaste Icon
Ad
Ad

सामाजिक सेवामा सक्रिय नेवाः एकता समाज, चापागाउँमा गर्यो रक्तदान कार्यक्रम

सामाजिक सेवामा सक्रिय नेवाः एकता समाज, चापागाउँमा गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । नेवाः एकता नागरिक समाज निरन्तर सामाजिक सेवामा लागिरहेको छ । समाज सेवामै समर्पित हुने क्रममा उक्त समाजले गोदावरी नगरपालिका वडा ११ चापागाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सो रक्तदान कार्यक्रममा चार दर्जनभन्दा बढी रक्तदाताहरुले रक्तदान गरेको नेवा एकता नागरिक समाजका अध्यक्ष राजु व्यन्जनकारले दर्पण दैनिकलाई जानकारी दिए । उक्त रक्तदान कार्यक्रममा सर्वसाधारण, सुरक्षाकर्मी लगायत रगत दान गरेका छन । त्यस्तै, दर्पण दैनिकका पत्रकार सन्तोष दाहालले पनि रक्तदान गरे ।


कोरोना कहरको कारण गरिएको निषेधाज्ञा र केही दिनयता परेको अविरल वर्षाको कारण जनजीवन प्रभावित भएर रक्तदान गर्ने मानिसहरू घटिरहेको बेला उक्त समाजले भने केही मात्रामा भए पनि रगत संकलन गर्न सफल भएको हो । उक्त रक्तदान कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा रक्तदान गर्ने सम्पूर्णलाई नेवाः एकता नागरिक समाजको सम्पूर्ण टिमको तर्फबाट अध्यक्ष राजु व्यञ्जनकारले धन्यवाद ज्ञापन गरे ।

Ad

सम्बन्धित समाचारहरु

स्वर्गीय पिताको सम्झनामा एनआरएनएका पूर्व कोषाध्यक्षद्धारा खेलाडीलाई सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष एवम् समाजसेवी हिक्मत थापाले आफ्ना स्वर्गीय पिताको सम्झनामा खेलाडीहरुलाई सहयोग गरेका छन् । स्वर्गीय पिता आख्यानकार गगनसिंह थापाको सम्झनामा आफ्नो गाउँमा रहेको चेतना सामुदायिक विकास मञ्चका खेलाडीलाई ड्रेस र खेलकुद सामग्री खरिदका लागि १५ हजार सहयोग गरेका हुन् ।

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस