# भर्खरै
Namaste Icon
Ad
Ad

नेदरल्याण्डबासी समाजसेवी महिलाहरु द्वारा बाढिपिडितलाइ जस्तापाता सहयोग

नेदरल्याण्डबासी समाजसेवी महिलाहरु द्वारा बाढिपिडितलाइ जस्तापाता सहयोग

काठमाडाैं । नेदरल्याण्डमा बसोबास गर्दै आएका समजसेवी अगुवा महिलाहरुले नेपालका बाढिपिडित परिबारहरुलाइ मानवताको धर्म सम्झेर जस्तापाता सहयोग गरेका छन् । नेपालमा दुख परेको बेला नेपालीको दुखमा मलम लगाउन परदेस बाट भएपनि सहयोग गरौं भनेर नेदरल्याण्डबाट समाजसेवी महिला अगुवा हरुले आपसमा उठाएर १२२५ युराे रकम सहयोग गरेका हुन । उक्त रकमबाट घर भत्किएर बिस्थापित बनेकाहरुलाइ तत्काल राहत स्वरुप जस्तापाता लगायतको सहयोग गरिएको छ।

गत असार १ गते सिन्धुपाल्चोक, मुस्ताङ लगायतका जिल्लामा आयको बाढिले ठुलो धन जनको क्षति पुर्यायको छ । सिन्धुपाल्चोकको हेलम्बु, मेलम्चि लगायत धेरै ठाउमा भौतिक सम्रचना सबै ध्वस्त पारेको छ यसले गर्दा सयौ परिवारहरुको घरबास नै उठेको छ । सयौं परिबार बिस्थापित बनायको छ ।

बाडीपिडितलाइ सहयोग गर्नेहरूकाे नामावली:
१) शान्ति थोकर १०० यूरो
२) कुमारी थापा १०० यूरो
३) निरु खड्का १०० यूरो
४) लक्ष्मी देवी गैरे , कमल| बिष्ट १०० यूरो
५) राधिका आचार्य १०० यूरो
६) पुजा थापा १०० यूरो
७) रेखा घिमिरे १०० यूरो
८) इन्दिरा सापकोटा १०० यूरो
९) रमा घिमिरे १०० यूरो
१०) ममता पुन १०० यूरो
११) कमला कंडेल १०० यूरो
१२) नीरा छेत्री १०० यूरो
१३) देवी कोइराला २५ यूरो 

जम्मा : १२२५ ।

Ad

सम्बन्धित समाचारहरु

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

'विप्लव’ निकट जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन, अध्यक्षमा तोयराज भट्ट

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बैदेशिक संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन सम्पन्न गरेको छ । २० जुलाई सम्पन्न भएको अधिबेशनले तोयाराज भट्टको नेतृत्वमा १५ सदसीय केन्द्रिय समिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तोयराज भट्ट, उपाध्यक्षमा माधब घिमिरे, महासचिवमा कैलाश मैनाली, सचिवमा परसुराम घर्ती मगर, सांस्कृतिक बिभाग प्रमुख इन्द्र बिक हुनुहुन्छ भने अन्य सदस्यहरुमा आर जी मगर, मनोज पटेल, दलबहादुर, तिलक पुन, घमर मगर, हरिचन्द्र झाँक्री, कमल थापा, देबु तामाङ, सुभाष मगर रहेका छन।

Ad

प्रतिक्रिया दिनुहोस