# भर्खरै
Namaste Icon
Ad
Ad

कुखुराको मासुमा उच्च मूल्य वृद्धि

कुखुराको मासुमा उच्च मूल्य वृद्धि

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै तयारी ब्रोइलर कुखुराको मासुको मूल्यमा उच्च वृद्धि भएको छ । एक सातामा तयारी कुखुराको मासुको खुद्रा मूल्य किलोमा ४५ रुपैयाँले बढेको खुद्रा विक्रेताहरुले बताएका छन् । गत आइतबार प्रतिकिलो ३४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तयारी कुखुराको मासुको भाउ शुक्रबार ३८५ रुपैयाँ पुगेको हो ।

बिहिबार मात्रै राष्ट्रिय कुखुरा बिक्री व्यावसायी संघले जिउँदो कुखुराको मूल्य बढाएको थियो । संघका सचिव देवकुमार गिरीकाअनुसार यो साता जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य दुई पटक बढेको छ । प्रतिकिलो २४० रुपैयाँ कोल्ड स्टोर मूल्यमा कारोबार भएको जिउँदो कुखुराको भाउ मंगलबार बढेर २५० रुपैयाँ पुगेको उनले बताए । यस्तै बिहीबार साँझ किलोमा १० रुपैयाँले बढेर जिउँदो कुखुराको मासुको मूल्य २६० रुपैयाँ पुगेको सचिव गिरीको भनाइ छ ।

Ad

सम्बन्धित समाचारहरु

बदाम खेतीबारे जानकारी

बदाम खेतीबारे जानकारी

अङ्ग्रेजीमा 'पिनट' भनिने वस्तु नेपालमा 'बदाम' भनेर चिनिन्छ। नेपालमा सबैतिर उपभोग गरिने खाद्य पदार्थमा बदाम पर्दैन। तर हाल आएर कतिपय साना उद्योगहरूले निकै ठुलो मात्रामा बदाम प्रशोधन गर्ने र प्याकिङ गर्ने काम गर्न थालेका छन्। गत दुई दशकमा नेपालका विभिन्न भागका किसानहरूले नगदे बालीका रूपमा उल्लेख्य मात्रामा बदाम खेती गर्न थालेका छन्। तेल उत्पादनका लागि बदामको पर्याप्त माग हुन थालेको पनि छ।

सरकारीलाई अनुदान, निजीलाई पक्षपात गरेको डेरी उद्योग संघकाे आरोप

काठमाडौं । कोरोनाले थलिएको दुग्ध क्षेत्रलाई उकास्न सरकारले बेवास्ता गरेको निजी डेरी उद्योगीहरुले गुनासो गरेका छन् । डेरी उद्योग संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारी डेरीलाई मात्र सरकारले पटकपटक अनुदान दिएको तर निजी क्षेत्रलाई पक्षपात गरेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ ‘एकातिर निजी क्षेत्रलाई सरकारबाट कुनै सहयोग र प्रोत्साहन नगर्ने अर्कोतर्फ सरकारी (दुग्ध विकास संस्थान) र सहकारी डेरीहरुलाई संघीय तथा प्रदेश सरकारबाट विभिन्न शिर्षकमा पटक–पटक अनुदान दिइरहँदा निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता गुम्न गई अर्बौंको लगानी डुब्ने जोखिम सिर्जना भएको छ ।’ कोरोना महामारीका बेला दूध र दुग्धजन्य वस्तुको खपत नहुँदा निजी डेरी उद्योगमा मात्र ४ अर्बभन्दा बढीको दूग्धजन्य पदार्थ मौज्दात रहेको संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस