# भर्खरै
Namaste Icon
Ad
Ad

दलित मुक्ति अभियानले मनायो बार्षिकोत्सव, साँच्चिकै दलित मुक्तिको लागि लड्नुपर्नेमा जोड

दलित मुक्ति अभियानले मनायो बार्षिकोत्सव, साँच्चिकै दलित मुक्तिको लागि लड्नुपर्नेमा जोड

चन्द्रकुमार बिश्वकर्मा, काठमाडौं । नेपाल दलित मुक्ति अभियान सस्थाले आफ्नो पहिलो बार्षिकोत्सब समारोहका साथै क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरको छ । ‘बनाऔं आफ्नो पहिचान छुवाछूत मुक्त समाज निर्माण हाम्रो अभियान’ भने नाराका साथ स्थापना भएको संस्थाले शुक्रबार काठमाडौमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमा संस्था एक बर्ष पुगेको अबसरमा केक समेत काटिएको थियो । नारायण खातीको सभापतित्त्वमा सम्पन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको भुमिकामा संस्थाका अध्यक्ष सुनिल लोहनी बिश्वकर्मा रहेका थिए । अतिथिहरु मा टेकबहादुर बिश्वकर्मा, बरिष्ठ उपाध्यक्ष सुर्यप्रसाद रामदाम, केन्द्रिय कोषअध्यक्ष कमला परियार, केन्द्रिय उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय बिभाग प्रमुख बलराम बिश्वकर्मा सचेत लगायत संस्थाका पदाधिकारि र अन्य अतिथिहरु को उपस्थिति रहेको थियो ।



कार्यक्रममा स्वाग्त मन्तब्य राख्दै संस्थाकी अन्तर्राष्ट्रिय बिभाग प्रमुख कमला परियारले यो माहामारिको बेला पनि कार्यक्रममा उपस्थित भएकोमा सवैमा आभार व्यक्त गरिन । उनले नेपाल दलित मुक्ति अभियान संंस्थाले साँच्चिकै अभियान चलाउने र समाजमा सकारात्मक सन्देश दिन र पछाडि पारिएका दलित समुदायको स्तरमा सुधारमा संस्थाले महत्त्वपूर्ण भुमिका खेल्ने बताइन । त्यस्तै कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि सुनिल लोहनी बिश्वकर्माले भने, ‘दलित समुदाय परिवर्तनका लागि जस्तोसुकै आम्दोलनमा पनि सहयोद्धा भएर लडेको तर त्यस्लाइ राज्यका ठुला राजनीतिक दलहरुले त्यस्को फाइदा मात्रै लिएका छ्न । तर दलितको मुदा माथि अझै गम्भीर भएर न लागेको र चुनाबको बेला मात्रै प्रयोग गर्ने गरेका छन ।’ साच्चिकै छुवाछुत मुक्त समाजको निर्माण गर्न अब सम्पूर्ण दलित समुदायका मानिस कुनै लोभ लालसा कसैबाट परिचालित नभइ निस्वार्थ रुपमा देशै भरिका दलितहरु एक ढिका भएर लाग्न उनले आग्रह गरे।

त्यस्तै दलित मुक्तिकै लागि भनेर खुलेका थुप्रै संस्था हरुले पनि नारा मात्र लगाएको काम नगरेको कारण पनि नेपाल दलित मुक्तिअभियान सुरु गर्नु परेको उनले बताए । त्यस्तै कार्यक्रमको समापन मन्तब्य राख्दै कार्यक्रमका सभापति नारायण खातीले सबैको हितका लागि नै संंस्थाले काम गरेको र आगामी दिनमा नि यस्ता कार्यक्रम गर्नेमा आफूलाई बिश्वास भएको बताए ।

Ad

सम्बन्धित समाचारहरु

स्वर्गीय पिताको सम्झनामा एनआरएनएका पूर्व कोषाध्यक्षद्धारा खेलाडीलाई सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष एवम् समाजसेवी हिक्मत थापाले आफ्ना स्वर्गीय पिताको सम्झनामा खेलाडीहरुलाई सहयोग गरेका छन् । स्वर्गीय पिता आख्यानकार गगनसिंह थापाको सम्झनामा आफ्नो गाउँमा रहेको चेतना सामुदायिक विकास मञ्चका खेलाडीलाई ड्रेस र खेलकुद सामग्री खरिदका लागि १५ हजार सहयोग गरेका हुन् ।

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस