# भर्खरै
Namaste Icon
Ad
Ad

इटली बन्याे युरो कपको च्याम्पियन

इटली बन्याे युरो कपको च्याम्पियन

काठमाडाैं । यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै इटली च्याम्पियन बनेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा जित निकाल्दै इटली च्याम्पियन बनेको हो। खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।

१ मिनेट ५६ सेकेन्डमा भएको यो गोल युरो कप फाइनलमा सबैभन्दा छिटो भएको गोल हो भने इतिहासमा पाँचौ छिटो भएको गोल हो। पहिलो हाफमा इङ्ग्याण्डले अग्रता बनाए पनि दोस्रो हाफमा इटलीले पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको थियो। इटलीका लागि लिओनार्दो बोनुचीले ६७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

निर्धारित समयसम्म खेल १-१ को बराबरीमा रोकिए पछि फाइनल खेल अतिरिक्त समयमा टाँगिएको थियो। यद्यपि अतिरिक्त समयमा पनि दुबै पक्षले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा इटलीले ३-२ गोलअन्तरले जित निकाल्यो । इङ्ग्ल्याण्डका मार्कस रासफोर्ड, जोर्डन साञ्चो र बुकायो साका पेनाल्टीमा चुकेका थिए । योसँगै पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्लाण्ड युरोपियन च्याम्पियन हुन चुकेको छ भने इटलीले दोस्रो पटक युरो कपको उपाधि जितेको छ ।

Ad

सम्बन्धित समाचारहरु

टोकियाे ओलम्पिकमा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित

काठमाडौं । जारी टोकियो ओलम्पिकमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । उनी रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भइन् । आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्यो । कल्पनाले प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भइन् ।

टोक्यो ओलम्पिकको उद्घाटन, गौरीका र एलेक्सले बोके नेपालको झण्डा

काठमाडौं । विश्व खेलकुदको कुम्भ मेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको जापानको राजधानी टोक्योमा भव्य समारोहबीच शुक्रबार उद्घाटन भएको छ। टोक्योस्थित ओलम्पिक स्टेडियममा विशेष समारोहबीच 'टोक्यो ओलम्पिक'को उद्घाटन गरिएको हो । उद्घाटनमा नेपालको झण्डा पौडीबाज गौरीका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका थिए । नेपालको मार्च पासमा जुडो खेलको व्यवस्थापकका रुपमा पुगेकी एमाले उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि देखिएकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस