# भर्खरै
Namaste Icon
Ad
Ad

सयुक्त राष्ट्र संघको विश्व युवा सम्मेलनमा नेपालबाट गणेश धामी छनोट

सयुक्त राष्ट्र संघको विश्व युवा सम्मेलनमा नेपालबाट गणेश धामी छनोट
गणेश सिह धामी

काठमाडौं । सयुक्त राष्ट्र संघको आयोजनामा टर्कीको इस्तानबुलमा आगामी नोबेम्बरमा हुने बिस्व युवा सम्मेलनमा नेपालको तर्फबाट गणेश सिह धामी छनोट भएका छन । विश्वभरीबाट करीब ४५ मुलुकका युवाहरू सहभागी हुने उक्त सम्मेलनमा दार्चुलाका धामी छनोटमा परेका हुन ।

उक्त सम्मेलनमा युवा नेतृत्व र सयुत्त रास्ट्र संघको दिगो बिकास लक्ष २०३० का बारेमा युवाहरुको योगदान र सहभागीताका बिसयमा छलफल गरीने सयुत्त रास्ट्र संघले जनाएको छ । दार्चुलाको दुहु गाउपालिका बडा न १ मा जन्मिएका धामी सिभिल इन्जिनियर हुन भने, नेपाली कांग्रेसका युवा नेता पनि हुन ।

Ad

सम्बन्धित समाचारहरु

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

'विप्लव’ निकट जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन, अध्यक्षमा तोयराज भट्ट

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बैदेशिक संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन सम्पन्न गरेको छ । २० जुलाई सम्पन्न भएको अधिबेशनले तोयाराज भट्टको नेतृत्वमा १५ सदसीय केन्द्रिय समिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तोयराज भट्ट, उपाध्यक्षमा माधब घिमिरे, महासचिवमा कैलाश मैनाली, सचिवमा परसुराम घर्ती मगर, सांस्कृतिक बिभाग प्रमुख इन्द्र बिक हुनुहुन्छ भने अन्य सदस्यहरुमा आर जी मगर, मनोज पटेल, दलबहादुर, तिलक पुन, घमर मगर, हरिचन्द्र झाँक्री, कमल थापा, देबु तामाङ, सुभाष मगर रहेका छन।

Ad

प्रतिक्रिया दिनुहोस