# भर्खरै
Namaste Icon
Ad
Ad

ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने

ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने

काठमाडाैं । जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताए । ‘यो पटक हामीले लामो समय तयारी गरेका छौं, लगानी गरेका छौं,’ उनले भने, आशा छ यस पटक राम्रो प्रदर्शन हुनेछ ।’ जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने ओलम्पिकमा ३३ खेलका ३३९ इभेन्ट हुनेछन् भने करीब ११ हजार खेलाडीले सहभागिता जनाउने छन् ।

Ad

सम्बन्धित समाचारहरु

टोकियाे ओलम्पिकमा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित

काठमाडौं । जारी टोकियो ओलम्पिकमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । उनी रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भइन् । आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्यो । कल्पनाले प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भइन् ।

टोक्यो ओलम्पिकको उद्घाटन, गौरीका र एलेक्सले बोके नेपालको झण्डा

काठमाडौं । विश्व खेलकुदको कुम्भ मेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको जापानको राजधानी टोक्योमा भव्य समारोहबीच शुक्रबार उद्घाटन भएको छ। टोक्योस्थित ओलम्पिक स्टेडियममा विशेष समारोहबीच 'टोक्यो ओलम्पिक'को उद्घाटन गरिएको हो । उद्घाटनमा नेपालको झण्डा पौडीबाज गौरीका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका थिए । नेपालको मार्च पासमा जुडो खेलको व्यवस्थापकका रुपमा पुगेकी एमाले उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि देखिएकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस