# भर्खरै
Namaste Icon
Ad
Ad

आफ्नै स्कुल एप्स ल्याउँदै सन्तानेश्वर विद्या मन्दिर

अपडेट हुँदै छौँ,बिस्तारै आफ्नो लक्ष्यमा पुग्छौँ- प्रिन्सिपल श्रेष्ठ

आफ्नै स्कुल एप्स ल्याउँदै सन्तानेश्वर विद्या मन्दिर

सन्तोष दहाल,ललितपुर । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस(कोभिड 19) ले शैक्षिक क्षेत्रमा पनि अतुलनीय असर गरेको छ । विगत डेढ वर्षदेखि नै विद्यार्थीहरुले पहिलेजसरी अध्ययन गर्न पाईरहेका छैनन् ।

अहिले कोरोनाको दोश्रो भेरियन्ट सम्म आइपुग्दा अनलाईन र इन्टरनेटको पहुँच भएका विद्यार्थीहरु अनलाईन कक्षा लिएर पढिरहेका छन् । यद्यपि यो प्रविधि देशभर धेरैजसो ठाउँमा प्रभावकारी हुन सकेको छैन । अनलाइन कक्षाबारे प्राय विद्यार्थी तथा अभिभाभकहरु जानकार छैनन् ।

प्राय संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अनलाईन कक्षामा अधिकांश मात्रामा उपस्थित भएको पाईएको छ भने सामुदायिक विद्यालयतर्फका विद्यार्थीहरु अनलाईन कक्षाको पहुँचमा जोडिने मात्रा कम छ । ललितपुरको गोदावरी नगरपालिका १३ मा रहेको नीजि विद्यालय सन्तानेश्वर विद्या मन्दिरमा पनि अधिकांश विद्यार्थीहरु अनलाईन कक्षामा सामेल भएका प्रिन्सिपल प्रकाश कुमार श्रेष्ठ बताउँछन् ।

कोरोनाको दोश्रो भेरियण्टले नियमित अध्ययन अध्यापनमा फेरि पहिलेजस्तै समस्या पारे तापनि गत वर्षको अनुभवले तयारी राम्रो भएकाले पहिलेजस्तो अन्यौलता भने सिर्जना नगरेको श्रेष्ठले दर्पण दैनिकलाई बताए । गत वर्ष कक्षा १ सम्म मात्रै अनलाईन कक्षा सञ्चालन गरिए तापनि यस वर्ष भने एलकेजीका साना विद्यार्थीलाई समेत अनलाईन कक्षामा विद्यालयले समावेश गरेको छ । प्रभावकारिताको मामलामा भने कक्षाकोठामा पढाए जस्तै सन्तुष्ट हुन सक्ने अवस्था छैन किनकि सबै कक्षाका शतप्रतिशत विद्यार्थीहरु अनलाइनको पहुंचमा आउन सकेका छैनन् ।यद्यपि केही नहुनुभन्दा केही मात्रामा भए पनि गरेको राम्रो हुने भएकाले नियमित अनलाईन कक्षा विद्यालयले सञ्चालन गरिरहेको प्रअ श्रेष्ठको भनाई छ ।

यो पनि :  सुहाउँदो शुल्कमा गुणस्तरीय शिक्षाका लागि सन्तानेश्वर विद्या मन्दिर

उनका अनुसार महामारीको पहिलो चरणमा शिक्षक,विद्यार्थी,तथा अभिभावकहरुमा केही डर एबम मानसिक रुपमा त्रास उत्पन्न भए पनि अहिले भने त्यस्तो अवस्था केही छैन ।विद्यार्थीहरु पनि कहिले स्कुल खुल्ला र सहज रुपमा कक्षामा नै गएर पढ्न पाईएला भन्ने उत्सुकता र कौतुहलतामा छन् ।यश वर्ष भर्ना अभियान तथा प्रचारप्रसारको नाममा कतै पनि विद्यालय परिवार नगए पनि विद्यालयको नाम सुनेर वा शैक्षिक गुणस्तर थाहा पाएर नै केही नयाँ विद्यार्थीहरु भर्ना हुन आएका छन् ।

गोदावरीका संस्थागत विद्यालयहरुले प्रत्येक ३/३ वर्षमा शैक्षिक शुल्क समायोजन गर्ने योजना र नियम रहेअनुरुप यस वर्ष शुल्क बढाउनु पर्ने र सर्वोच्च अदालतको आदेश पनि त्यही भए तापनी यस वर्ष महामारीकै कारण सन्तानेश्वरले शुल्क बढाएको छैन । अझ यस वर्ष पठनपाठन पूर्णरुपमा नभएकाले ७०/८० प्रतिशत भन्दा शुल्क नलिने विद्यालयको भनाई छ । तर पनि अनलाइनको लागि कक्षामा भन्दा अझ धेरै दु: ख हुने भनाई छ ।महामारी सुरु भएपश्चात सबै विद्यार्थीहरुको आउनुपर्ने शुल्क समेत आउन सकेको छैन भने त्यसका लागि दबाब दिन पनि सकिएको छैन भन्छन् प्रअ श्रेष्ठ ।

यस्ता समस्याका बीच विद्यालयका शिक्षक कर्मचारीलाई समयमा तलब दिन पनि नसकिएको उनको गुनासो छ ।अबका दिनमा परिस्थिती सामान्य भएपछी शुल्क उठाएर र स्कुलले पनि केही व्यवस्था गरेर सबै कर्मचारीको सेवासुविधा उपलब्ध गराउने श्रेष्ठले बताए ।परिस्थिती सहजीकरणका लागि राज्यका निकायहरुबाट हालसम्म केही सेवासुविधा संस्थागत विद्यालयले नपाएको हुँदा अबका दिनमा नीजी विद्यालयमैत्री नीतिनियम र कार्यक्रमहरु आओस भन्ने उनको स्थानीय तह तथा संघीय र प्रादेशिक तहसंग माग रहेको छ ।साथै विद्यालय कुनै व्यवसाय नभएको हुँदा विद्यालय सञ्चालनको लागि संकटको समयमा सबै अभिभावकलाई पनि समस्या बुझेर सहयोग गर्न श्रेष्ठको आग्रह छ ।

अन्य नीजी विद्यालयको तुलनामा शैक्षिक गुणस्तर र पठनपाठन ,सिकाईका कुराहरुमा अधुनिकता अनुसार सन्तानेश्वर चल्न नसकेको आम अभिभावक तथा स्थानीयको गुनासो रहेको छ नि भन्ने प्रश्नमा उनले यसलाई आफुहरु भर्खरभर्खर अपडेट हुँदै गरेको स्वीकार गरे । आफूहरु एकैपटक दौडिने लक्ष्य नरहेको यद्यपि बिस्तारै भए पनि आफ्नो लक्ष्यमा पुग्ने उद्देश्य रहेको उनले बताए । यस्तै सन्दर्भमा विद्यालयले हालै मात्र आफ्नै स्कुल एप्सको लञ्च गरिसकेको छ । यसले विद्यालयमा कुनै विद्यार्थी उपस्थित वा अनुपस्थित भए, विद्यार्थीले कुनै सामग्री ल्याउन बिर्सिए तापनि घरको मोबाईलमा एप्स लगइन गरेपछी तुरुन्तै विद्यालयले नोटिफिकेसन पठाउँछ र सबै जानकारी गराउँछ । कुराकानीमा आधारित

Ad

सम्बन्धित समाचारहरु

१८ वर्ष पुगेका सबै नागरिकले चाँडै नै खोप पाउनेछन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ । १८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।

भट्टेडाँडामा टेलिफोन पाठशाला : टोलटोलमा शिक्षक पुगेर शैक्षिक गतिविधि संचालन

ललितपुर । बागमती गाउँपालिका ३ मा रहेको भट्टेडाँडा आधारभुत विद्यालयले टेलिफोन पाठशाला सुचारु गरेको छ। सामुदायिक विद्यालयको भाषा शिक्षकहरुद्वारा अभिभावकहरुलाई फोन सम्पर्क गरी कक्षा १ देखि कक्षा ८ का बिद्यार्थीहरुलाई फोन सिकाई सहजीकरण गरी टेलिफोन पाठशाला सुचारु गरिएको हो । कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरको महामारीका कारण विद्यालयहरु बन्द भएको र विद्यार्थीहरु घरमा नै रहेका बेला विद्यार्थीहरुको शिक्षण सिकाइलाई निरन्तरता दिनको लागि सहजीकरणमा वैकल्पिक सिकाइका माध्यमहरु मार्फत टेलिफोन पाठशाला सुरु गरिएको ब्यबस अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस