# भर्खरै
Namaste Icon
Ad
Ad

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

यसकारण धन्यवाद छ, केपी ओलीलाई !
दीपेन्द्र ओली

दीपेन्द्र ओली  । देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छ, जनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् ।

१- ‘समृद्ध नेपाल-सुखी नेपाल’को राष्ट्रिय आकांक्षासहित विकास निर्माणका काममा तिव्र गति ।

२- भारतको हस्तक्षेपकारी नीतिमा धावाः ‘सत्यमेव जयेते कि सिंहमेव जयेते ?’

३- मिचिएको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन औपचारिक तथा कानूनी पहल (चुच्चे नक्शा) - २०७७ जेठ १

४- नेपाल-चीन यातायात तथा पारवाहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर । यसबाट तेस्रो देशसँग हुने व्यापारको लागि भारतमाथिको नेपाली निर्भरता अन्त्य । - २०७६ वैशाख १६

५- २०६५ मा पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा भारत सरकारले मोरङको विराटनगरमा राखेको फिल्ड कार्यालय बन्द । - २०७५ साउन १६

६- ‘समुन्द्र हाम्रो पनि हो र हामिले पनि प्रयोग गर्न पाउनुपर्छ’ भन्ने दृढताको साथ जलमार्गमार्फत् नेपाल-भारतबीच नयाँ सम्पर्क स्थापना ।

७- १८ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण । - २०७६ कात्तिक १

८- सन् २००२ पछि बस्न नसकेको नेपाल-अमेरिकाबीचको विदेश मन्त्रिस्तरिय बैठक सत्र बर्षपछि । २०७५ पुस ३

९- अर्थतन्त्र र प्रविधिमा शक्तिशाली मानिने राष्ट्रको तुलनामा कोभिड १९ (कोरोना भाइरस) नियन्त्रणमा सफलता । निःशुल्क परिक्षण, उपचार र निःशुल्क खोपको प्रवन्ध ।

१०- सिके राउतले चलाइरहेको पृथकतावादी गतिविधि बन्द ।

११- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीलाई राष्ट्रिय मूलधारमा ।

यसकारण निवर्तमान भइसक्नुभएका प्रधानमन्त्री ओलीलाई हामी नेपाली जनताले हार्दिक धन्यवाद भन्नैपर्छ ।

Ad

सम्बन्धित समाचारहरु

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

कम्युनिष्ट पार्टी मिल्नु को बिकल्प छैन !

कम्युनिष्ट पार्टी मिल्नु को बिकल्प छैन !

२००६ साल भाद्र २९ गते नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको हो । त्यतिखेरको पार्टीनिर्माणमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, नरबहादुर कर्माचार्य, लगायत हुनुहुन्थ्यो । बिश्व कम्युनिस्ट आन्दोलनको लहरसगै नेपालमा पनि निरकुश शासन काल सगै मुक्क्तिको आन्दोलन छदै थियो । त्यस स्थापनाको अर्को बर्षनै प्रजातन्त्रको स्थापना भयो । २००७सालमै त्यस पछिको पाटिको स्थापना र संगठन बिस्तार हुँदै गयो । सर्बहारा बर्ग र निमुखा बर्गको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीले विभिन्नसमस्या र सामना र खवरदारी गरिरहे स्थापनाको सुरुमै पञ्चायती साशनको सामना गर्नु पर्यो१त्यसपछी को जनमत संग्रह पछि २०४६र४७को जनआन्दोलन को नेतृत्व गर्यो यो कम्युनिस्ट पार्टी बिना संभावना थिएन ।

Ad

प्रतिक्रिया दिनुहोस