# भर्खरै
Namaste Icon
Ad
Ad

१३औं सागका पदक विजेता खेलाडी सम्मानित

१३औं सागका पदक विजेता खेलाडी सम्मानित

काठमाडाैं । नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)का ६ पदक विजेता खेलाडी र प्रशिक्षकलाई नागर्जुन नगरपालिकाले सम्मान गरेकाे छ । नार्गजुन नगपालिकाका मेयर मोहनबहादुर बस्नेतले बुधबार सागमा स्वर्ण पदकधारी तेक्वान्दो खेलाडी सन्जीला तिमल्सिना र जुडोकी देविका खड्का जनही २५ हजारबाट सम्मान गरे ।

जुडो कै रजत पदकधारी इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले जनही १५ हजार, तेक्वान्दोका अस्मिता खड्का र अश्मिन राउतले जनही १० हजार तथा तेक्वान्दो प्रशिक्षक नोर्बु लामा ५५ हजार नगदसहित सम्मानित भए । प्रशिक्षक लामा विगत २५ वर्षदेखि नागर्जुन ९ स्थित स्यूचाटार तेक्वान्दो डोजाङको प्रमुख प्रशिक्षक रहेका छन्। लामा सागमा तेक्वान्दोको टिम प्रशिक्षक रहेका थिए ।

 

Ad

सम्बन्धित समाचारहरु

टोकियाे ओलम्पिकमा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित

काठमाडौं । जारी टोकियो ओलम्पिकमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । उनी रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भइन् । आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्यो । कल्पनाले प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भइन् ।

टोक्यो ओलम्पिकको उद्घाटन, गौरीका र एलेक्सले बोके नेपालको झण्डा

काठमाडौं । विश्व खेलकुदको कुम्भ मेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको जापानको राजधानी टोक्योमा भव्य समारोहबीच शुक्रबार उद्घाटन भएको छ। टोक्योस्थित ओलम्पिक स्टेडियममा विशेष समारोहबीच 'टोक्यो ओलम्पिक'को उद्घाटन गरिएको हो । उद्घाटनमा नेपालको झण्डा पौडीबाज गौरीका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका थिए । नेपालको मार्च पासमा जुडो खेलको व्यवस्थापकका रुपमा पुगेकी एमाले उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि देखिएकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस