# भर्खरै
Namaste Icon
Ad
Ad

कप्पल पोट्रेट फोटो प्रतियोगिता किन र के का लागि ?

कप्पल पोट्रेट फोटो प्रतियोगिता किन र के का लागि ?
फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपाने, प्रतियोगिताका संयोजक तथा बरिष्ठ ल्याब टेक्नेसियन हरि पाण्डे र फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेत

फोटो पसलको आयोजनामा कप्पल (युगल) पोट्रेट फोटो प्रतियोगिता हुने भएको छ । फोटोग्राफीको प्रमोशन गरि थप व्यावसायिक बनाउने तथा गुस्तरीयतालाई समेत जाँच गर्नको लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । फोटोग्राफरको क्षामता अभिवृद्धि गर्न थप टेवा पुर्याउन सो प्रतियोगिता विश्व फोटोग्राफी दिवसको अवसरमा सम्पन्न हुनेछ । फोटोगा्रफरलाई थप प्रेरणा र हौसला दिन आयोजना गरिएको सो प्रतियोगिताको लागि फोटो संकलन तथा जिल्लाबाट संयोजन गर्न विभिन्न जिल्लामा जिल्ला संयोजक चयन गर्ने कार्य भइरहेको छ । जिल्लामा तोकिएका संयोजकले फोटोग्राफरलाई थप हौसला प्रदान गर्ने र प्रतियोगितामा सहभागी हुन प्रेरित गर्नेछन । फोटोग्राफीको क्षेत्रमा छोटो समयमानै चर्चा कमाएको फोटो पसलले आफूले खिचेको जुनसुकै भएपनि युगल फोटो पठाउन अनुरोध गरेको छ । यस प्रतियोगिता सफल बनाउनको लागि फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपाने, यस प्रतियोगिताका संयोजक तथा बरिष्ठ ल्याब टेक्नेसियन हरि पाण्डे र फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेत लागि परेका छन । त्यस्तै, विभिन्न जिल्लाहरुमा चयन भएको जिल्ला संयोजक फोटोग्राफरहरु पनि खटिरहेका छन ।

सहभागिता
फोटोग्राफी क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको सो प्रतियोगितामा आम नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछ । जोडि भन्ने वित्तिकै श्रीमान श्रीमतीको मात्रै हुनुपर्छ भन्ने होइन । यसमा जुनसुकै जोडि फोटो सहभागी हुन पाउने छन । जोडि फोटोले कुनै न कुनै भाव बोकेको भए झन राम्रो हुने छ । सहभागी हुनको लागि फोटो पसलको वेभसाइटमा रहेको अर्वाड भन्ने पेजमा गएर दर्ता गर्न सकिन्छ भने, सिधै इमेल गर्न पनि सकिन्छ । सहभागी गराइने फोटो मौलिक आफैले खिचेको हुनुपर्ने तथा कपि गरेको हुन हुदैन ।

प्रतियोगिताका संयोजक तथा बरिष्ठ ल्याब टेक्नेसियन हरि पाण्डे र फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्योपाने

 

निर्णायक टिम तथा फोटो छनौट प्रक्रिया
प्रतियोगितामा फोटोग्राफी क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरमै ख्याति प्राप्त फोटोग्राफरहरु निर्णायक रहने छन । जसमा बरिष्ठ फोटोग्राफरहरु ट्रिनिडा एण्ड टोभाकोबाट जेम्स बि सोलोमन, भारतबाट किगन डेनिस र नेपालबाट योगेन्द्रजंग बस्नेत रहेका छन । विधि तथा प्रक्रिया पुर्याएर आएका सवै फोटोहरु निर्णायक समक्ष जानेछन । जसमा पोजिङ, लाईटिङ, इमोसनल पार्ट, दिन खोजेको सन्देश र प्राविधिक पाटो हेरिनेछ । यो सवै प्रक्रिया अनलाईबाट हुनेछ ।

सहभागिता जनाएपछिको फाइदा
सवै पसहभागिलाई प्रमाण पत्रद्धारा सम्मान गरिनेछ । प्रतियोगितामा सहभागी हुने फोटोग्राफरको व्यावसाय अभिवृद्धि गर्न विभिन्न खालको प्रमोसन तथा क्षमता अभिवृद्धिको लागि विशेष सहयोग गरिनेछ । जसको लागि विभिन्न कक्षाहरु सञ्चालन गरिने तथा तालिममा विशेष सहभागि गराइने छ ।

अन्तमा
म कतिको क्षमतावान छु, म कति सफल तथा कुशल छु भनेर आफ्नो मूल्यांकन गर्न गराउन अनुरोध छ । त्यस्तै, तपाईको कलालाई थप कुशल बनाएर व्यावसायलाई थप मजवुत बनाउन हामी सहयोग हुनेछ । व्यावसायको प्रमोशनको लागि प्लेटफर्म तयार गरिनेछ ।

प्रतियोगिताका संयोजक तथा बरिष्ठ ल्याब टेक्नेसियन हरि पाण्डे र फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्योपानेसँग दर्पण दैनिकले गरेको कुराकानीको सारांश ।

 

 

Ad

सम्बन्धित समाचारहरु

काेराेना खाेप लगाउन एका विहानैदेखि लाइन

काेराेना खाेप लगाउन एका विहानैदेखि लाइन

कोरोना (COVID- 19)  विरुद्धको खोप लगाउन महाराजगन्ज प्रहरी अस्पत्तालमा विहान ६ बजे देखि नै लाइन बसेका सर्वसाधारण ।

आधुुनिक मेसिनबाट धान रोप्दै मन्त्री नेम्वाङ

आधुुनिक मेसिनबाट धान रोप्दै मन्त्री नेम्वाङ

१८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा आधुुनिक मेसिनबाट ललितपुरको खुमलटारमा मङ्गलबार धान रोप्दै कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुुमार नेम्वाङ । धान रोपाइँ कार्यक्रम कृषि विभाग हरिहर भवन ललितपुुर, नेपाल कृषि अनुुसन्धान परिषद सिंहदरबार र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुुक्त आयोजनामा भएको थियो । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

Ad

प्रतिक्रिया दिनुहोस