# भर्खरै
Namaste Icon
Ad
Ad

मेस्सी बार्सिलोनामै रहने

मेस्सी बार्सिलोनामै रहने

एजेन्सी । अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् । बार्सिलोनासँगको करार अवधि गत जुन ३० तारिखबाट सकिएसँगै विश्व फुटबलका महान खेलाडी मेस्सी कुनै पनि क्लबमा आबद्ध हुन स्वतन्त्र बनेका थिए । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहने सम्झौतामा सहमति जनाएको बताईएको छ ।

नयाँ सम्झौता अनुसार मेस्सी अब सन् २०२६ सम्म अर्थात ३९ वर्षको उमेरसम्म बार्सामै रहनेछन् । यसका लागि उनले आफ्नो तलबमा आधा कटौती गर्नेछन् । हाल वार्षिक १७ करोड अमेरिकी डलर तलब लिईरहेका मेस्सीले अब भने वर्षको साँढे ८ करोडको हाराहारीमा पारिश्रमिक बुझ्नेछन् । बार्सिलोनासँगको करार अवधि सकिएपछि मेस्सी नयाँ सम्झौता नगरिकन कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए ।

उनको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका जितिसकेका छ । उनी हाल परिवारसँग विदा मनाईरहेका छन् । ६ पटकको बालोन डी’ओर विजेता मेस्सीले बार्सिलोनाबाट सबै उपाधि जितेका छन् । ३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

टोकियाे ओलम्पिकमा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित

काठमाडौं । जारी टोकियो ओलम्पिकमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । उनी रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भइन् । आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्यो । कल्पनाले प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भइन् ।

टोक्यो ओलम्पिकको उद्घाटन, गौरीका र एलेक्सले बोके नेपालको झण्डा

काठमाडौं । विश्व खेलकुदको कुम्भ मेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको जापानको राजधानी टोक्योमा भव्य समारोहबीच शुक्रबार उद्घाटन भएको छ। टोक्योस्थित ओलम्पिक स्टेडियममा विशेष समारोहबीच 'टोक्यो ओलम्पिक'को उद्घाटन गरिएको हो । उद्घाटनमा नेपालको झण्डा पौडीबाज गौरीका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका थिए । नेपालको मार्च पासमा जुडो खेलको व्यवस्थापकका रुपमा पुगेकी एमाले उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि देखिएकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस