# भर्खरै
Namaste Icon
Ad
Ad

यस्ताे छ, सार्वजनिक गाडीमा बढाएकाे नयाँ भाडा दर

यस्ताे छ, सार्वजनिक गाडीमा बढाएकाे नयाँ भाडा दर

काठमाडाैं । सरकारले लामाे दुरीका सार्वजनिक गाडीमा बढाएकाे भाडा दर सार्वजनिक गरेकाे छ । सरकारले विभिन्न आधार बनाएर लामाे दुरीका सार्वजनिक गाडीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएकाे हाे । सरकारका अनुसार २०७५ सालको असोजमा बढाएयता भाडा समायोजन नगरिएको र योबीचमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा बढाइएकाे बताएकाे छ ।

यातायात मन्त्रालयले गएको आइतवार अर्थात् असार २७ गते नै भाडा बढाउन विभागलाई सहमति दिएको थियो । विभागले गएकाे मङ्गलवार २९ गतेदेखि नै लागू हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेकाे थियाे । नयाँ भाडा दरअनुसार सार्वजनिक गाडीकाे भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ । बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ । भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्ने गरिएको छ ।

यस्ताे छ भाडा दर–

Ad

सम्बन्धित समाचारहरु

मेगा बैंकले वित्तीय बजारमा छुटै पहिचान र ब्राण्ड बनाउन सफल भएको छ– अध्यक्ष शाह

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंकको रुपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौं,’ अध्यक्ष शाहले भने– ‘राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्छौं ।’

ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेल नेपाली बजार

ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेल नेपाली बजार

काठमाडौं । ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेका छन् । नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी.जी. इम्पेक्स प्रा.लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो । विभिन्न क्षेत्रहरुमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भी.जी.इम्पेक्सले जिडब्लुएम सँग सहकार्य गर्दै अहिले दुईवटा एसयुभि र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ ।

Ad

प्रतिक्रिया दिनुहोस