# भर्खरै
Namaste Icon
Ad
Ad

टेलिकमको समर अफर : उपलब्ध प्याकेजमा सुविधा थप

टेलिकमको समर अफर : उपलब्ध प्याकेजमा सुविधा थप

काठमाडाैं । टेलिकमले आफ्नो विभिन्न प्याकेजलाई समर अफर अन्तर्गत राखी थप सुविधा दिने भएको छ । टेलिकमले पहिल्यैदेखि उपलब्ध प्याकेजलाई समर प्याकेज अन्तर्गत राखेर सुविधा थप गरेको हो । टेलिकमका अनुसार प्रयोगकर्ताले समर अफर अन्तर्गत प्रतिदिन ५५ रुपैयाँ तिरेर २ जिबी डेटा प्रयोग गर्न पाउँनेछन् । यस्तै, लकडाउन अफरको हरेक दिन बिहान ५ बजेदिखि बेलुकी ५ बजेसम्म ३९ रुपैयाँमा १ एमबीपीएस डे अनलिमिटेड अफरलाई पनि निरन्तरता दिइएको टेलिकमले जनाएको छ । टेलिकमको भीओएलटीई सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई पनि यथावत् राखिएको कम्पनीले जनाएको छ । निःशुल्क भ्वाइस कल सुविधा प्रयोगकर्ताले २८ दिनभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ ।

कम्पनीले उपलब्ध गराइरहेको कर्पोरेट युजर ग्रुप (सीयूजी(ऋग्न्० अफरलाई पनि थप आकर्षक बनाइएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको प्रिपेडतर्फ २०० र पोस्टपेडतर्फ ५०० रुपैयाँको प्याकेजमा उपलब्ध हुने डाटा भोल्युम थप गरिएको छ । अब प्रिपेडमा रु. २०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने १ जीबी डाटासमेत उपलब्ध हुनेछ । त्यसैगरी सीयूजी ५०० पोस्टपेड अन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने ५ जीबी डाटासमेत उपलब्ध हुनेछ ।

 

सीडीएमएबाट जीएसएममा रुपान्तरण हुने ग्राहकका लागि सुविधा
नेपाल टेलिकमले हाल प्रयोगमा रहेका सीडीएमए सेवाका प्रयोगकर्ताहरुलाई जीएसएम नेटवर्कमा रुपान्तरण गर्ने योजना अन्तर्गत सीडीएमए प्रिपेड र सीडीएमए पोस्टपेड प्रयोगकर्ताका लागि निःशुल्क सिमका साथै निःशुल्क भ्वाइस, निःशुल्क डाटा प्याकेज र निःशुल्क एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि सीडीएमए प्रयोगकर्ताले नजिकको नेपाल टेलिकमको कार्यालयमा गएर आफ्नो पुरानो रिमकार्ड बुझाउनु पर्नेछ ।

सीडीएमए मोबाइल (पोस्टपेड र प्रिपेड) का लागि नयाँ जिएसएम (पोस्टपेड र प्रिपेड) नम्बर उपलब्ध गराइने छ । यसैगरी सीडीएमए फिक्स्ड (पोस्टपेड र प्रिपेड) का लागि नयाँ जीएसएम पोस्टपेड नम्बर उपलब्ध गराइने छ । सीडीएमए प्रिपेडबाट जिएसएम प्रिपेडमा रुपान्तरण भएका मोबाइल ग्राहकहरुले ६ महिनासम्म निःशुल्क रुपमा मासिक ३०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० वटा अन नेट एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी जिएसएम पोस्टपेड मोबाइलमा रुपान्तरण हुने ग्राहकले निशुल्क रुपमा मासिक ४०० मिनेट अन नेट र ५० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० वटा अन नेट एसएमएस गर्न सक्नेछन् । आगामी पुस महिनासम्ममा जिएसएममा रुपान्तरण हुने सीडीएमए पोस्टपेड ग्राहकहरुलाई मासिक रेन्टल शुल्क छुट दिइएको छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

Ad

सम्बन्धित समाचारहरु

टेलिकमको सर्भरमा ह्याकरको आक्रमण नभएको निष्कर्ष

टेलिकमको सर्भरमा ह्याकरको आक्रमण नभएको निष्कर्ष

काठमाडौं । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो । कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता टेलिकमले जानकारी गराएको छ । ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्धता जनाएको छ ।

स्मार्ट टेलिकमले ल्यायो नेपालमै पहिलोपटक ऐतिहासिक 'दुइ पछी फ्री’ अफर

काठमाडौं । स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुइ पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ तत् पश्चात २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुनेछ । स्मार्ट टेलिकमले यस अफरले स्मार्ट सिम प्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले  प्रयोगकर्ताहरुमा उत्साह र उमँग जगाउने कम्पनीकाे विश्वास छ ।

Ad

प्रतिक्रिया दिनुहोस