# भर्खरै
Namaste Icon
Ad
Ad

फेसबुकको गलत सूचनाले मानिस मार्दैछ : अमेरिकी राष्ट्रपति बाइडेन

फेसबुकको गलत सूचनाले मानिस मार्दैछ : अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालका गलत सूचनाले मानिसहरुलाई मार्ने गरेको आरोप लगाएका छन । उनले फेसबुकले कोरोना भाइरस खोपका बारेमा गलत सूचना सम्प्रेषण गरेको आरोप लगाए ।

शुक्रबार ह्वाइट हाउसमा कोभिडका बारेमा गलत सूचना सम्प्रेषणमा फेसबुक प्लेटर्फमले कस्तो भुमिका खेलेको छ भन्ने पत्रकारको प्रश्नमा बाइडेनले भने ‘तिनीहरुले मानिसहरु मार्दैछन्, हामीसँग एक मात्र महामारी अनभ्याक्सिनेटेड हो। र तिनीहरूले मान्छे मार्दैछन्।’

सोही दिन व्हाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले पनि फेसबुक र अन्य प्लेटफर्म खोपको बारेमा गलत जानकारीको लागि पर्याप्त काम गरिरहेको बताए । फेसबुकका प्रवक्ता केभिन म्याकलिस्टरले आरोपले तथ्यलाई पुष्टि नगर्ने बताए ।

Ad

सम्बन्धित समाचारहरु

झनै खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी

झनै खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ । कोरोनाको खतरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले महामारी नियन्त्रणमा निकै सकस उत्पन्न हुने डब्लुएचओले भनेको हो ।

नरेन्द्र मोदीले विस्तार गरे जम्बो मन्त्रिमण्डल, कसले के जिम्मेवारी पाए ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार थप ४३ सदस्यीय जम्बो मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री मोदीले १५ केन्द्रीय मन्त्री र २८ राज्यमन्त्रीसहित थप ४३ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् । ४३ जनाले मन्त्री र राज्यमन्त्रीको सपथ लिइरहँदा पुराना ७ मन्त्रीहरुको बढुवा गरेका छन् भने १२ जनालाई बिदा गरेका छन् । विस्तारित मन्त्रिमण्डलमा बुधबारै विभागीय जिम्मेवारी दिइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस