# भर्खरै
Namaste Icon
Ad
Ad

१८ वर्ष पुगेका सबै नागरिकले चाँडै नै खोप पाउनेछन : स्वास्थ्य मन्त्रालय

१८ वर्ष पुगेका सबै नागरिकले चाँडै नै खोप पाउनेछन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ । १८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।

‘खोप आपूर्तिको समस्या समाधान गर्दै अठार वर्षमाथिका नेपाली नागरिकका लागि निशुल्क खोप लगाउने योजना तयार भइसकेको छ’ मन्त्रालयका सहप्रवक्ता डा. प्रवक्ता समिरकुमार अधिकारीले भनेका छन्, ‘हामी सबैले खोप पाउँछौं । सबैले संयमित भइ खोप अभियानलाई सफल बनाउनका लागि सहयोग गरिदिनुहुन अनुरोध छ ।’

अहिले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने अभियान चलिरहेको छ । तर त्यसमा पनि व्यापक अनियमितता भएको र केही ठाउँमा खोप केन्द्रहरू नै बन्द भएपछि मन्त्रालय यस्तो अपिल गरेको हो । मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट किनेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

आफ्नै स्कुल एप्स ल्याउँदै सन्तानेश्वर विद्या मन्दिर

सन्तोष दहाल,ललितपुर । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस(कोभिड 19) ले शैक्षिक क्षेत्रमा पनि अतुलनीय असर गरेको छ । विगत डेढ वर्षदेखि नै विद्यार्थीहरुले पहिलेजसरी अध्ययन गर्न पाईरहेका छैनन् ।

भट्टेडाँडामा टेलिफोन पाठशाला : टोलटोलमा शिक्षक पुगेर शैक्षिक गतिविधि संचालन

ललितपुर । बागमती गाउँपालिका ३ मा रहेको भट्टेडाँडा आधारभुत विद्यालयले टेलिफोन पाठशाला सुचारु गरेको छ। सामुदायिक विद्यालयको भाषा शिक्षकहरुद्वारा अभिभावकहरुलाई फोन सम्पर्क गरी कक्षा १ देखि कक्षा ८ का बिद्यार्थीहरुलाई फोन सिकाई सहजीकरण गरी टेलिफोन पाठशाला सुचारु गरिएको हो । कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरको महामारीका कारण विद्यालयहरु बन्द भएको र विद्यार्थीहरु घरमा नै रहेका बेला विद्यार्थीहरुको शिक्षण सिकाइलाई निरन्तरता दिनको लागि सहजीकरणमा वैकल्पिक सिकाइका माध्यमहरु मार्फत टेलिफोन पाठशाला सुरु गरिएको ब्यबस अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस