# भर्खरै
Namaste Icon
Ad
Ad

ओलम्पिक खेल्न जापान पुगेका खेलाडी होटलबाटै फरार

ओलम्पिक खेल्न जापान पुगेका खेलाडी होटलबाटै फरार

टोकियो । अर्को हप्ताबाट सुरु हुने टोकियो ओलम्पिक खेल्न जापान पुगेको युगान्डेली टोलीका एक खेलाडी होटलबाटै गायब भएका छन् । २० वर्षीय भारोत्तोलन खेलाडी जुलियस सेकितोलेको प्रशिक्षण क्याम्प रहेकै बेलामा होटलबाट फरार भएका हुन् । नियमित कोरोना परीक्षणका लागि शुक्रबार अनुपस्थित भएपछि खोजी गर्दा उनी होटलमा नरहेको पत्ता लागेको हो । गत महिना जापान आइपुगेको युगान्डेली टोली ओसाकास्थित इजुमिसनोमा अभ्यास गरिरहेको थियो । ‘जुलियसलाई प्रतियोगितामा सहभागी हुन अयोग्य भएपछि केही दिनमै स्वेदश फर्काउने तयारी गरिएको थियो,’ युगान्डाका भारोत्तोलन संघका अध्यक्ष सलिम मुसोकेले भने,‘३ दिनअघि मात्र कुरा भएको खेलाडी क्याम्पबाटै गायब भएको खबरले म आफैँ अचम्ममा परेको छु ।’


अध्यक्ष मुसोकेले चाँडोभन्दा चाँडो निज खेलाडीलाई खोजेर स्वदेश फर्काउन सरकारसँग मद्दत मागेका छन् । ‘यसरी खेलाडी गायब हुनु देशका लागि राम्रो होइन । म आशा गर्छु कि जुलियस चाँडै भेटियून्’ मुसोकेले न्युयोर्क टाइम्ससँग भने,‘सरकारले खोजी गरेमा हामी उनलाई खेलबाट नै प्रतिबन्ध गरेर स्वदेश फर्काउनेछौँ ।’


इजुमिसमो सहरका मेयर युजी फुकुओकाले उनको खोजी भइसकेको बताएका छन् । ‘हामीलाई यो घटनाको जानकारी आउनासाथ खोजी कार्य सुरु भइसकेको छ,’ फुकुओकाले भने,‘विनाकागजात उनी समस्यामा पर्न सक्छन् । हाम्रो सहरमा हराएका व्यक्ति चाँडै भेटिने आशा राखेका छौँ ।’ टोकियो ओलम्पिक यही जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालान हुनेछ ।

Ad

सम्बन्धित समाचारहरु

टोकियाे ओलम्पिकमा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित

काठमाडौं । जारी टोकियो ओलम्पिकमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । उनी रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भइन् । आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्यो । कल्पनाले प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भइन् ।

टोक्यो ओलम्पिकको उद्घाटन, गौरीका र एलेक्सले बोके नेपालको झण्डा

काठमाडौं । विश्व खेलकुदको कुम्भ मेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको जापानको राजधानी टोक्योमा भव्य समारोहबीच शुक्रबार उद्घाटन भएको छ। टोक्योस्थित ओलम्पिक स्टेडियममा विशेष समारोहबीच 'टोक्यो ओलम्पिक'को उद्घाटन गरिएको हो । उद्घाटनमा नेपालको झण्डा पौडीबाज गौरीका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका थिए । नेपालको मार्च पासमा जुडो खेलको व्यवस्थापकका रुपमा पुगेकी एमाले उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि देखिएकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस