# भर्खरै
Namaste Icon
Ad
Ad

सुर्खेतकाे जनकल्याण सामुदायिक बनमा हाम्रो अभियान फलफूल बन कार्यक्रम

सुर्खेतकाे जनकल्याण सामुदायिक बनमा हाम्रो अभियान फलफूल बन कार्यक्रम

खगेन्द्र हमाल, सुर्खेत । बिगत पाँच बर्ष देखि निरन्तर बाताबरण संरक्षण र बिधालयहरुमा my green and cleen school को काम गर्दै आएका किरण सापकोटालाई नचिन्ने कमै होलान । बाल्यकालमै दुई बर्षको उमेर देखि पोलियो रोगका कारण शारीरिक अशक्त बनेका किरण सापकोटाले यस क्षेत्रमा आउन आफुले धेरै संघर्ष गरेको बताउछन । सापकोटा सुर्खेतका विभिन्न बिद्यालय, सामुदायिक बन लगायतका क्षेत्रहरुमा राम्रो काम गर्दै आएका छन।

आजको ग्रीन स्कुल १० बर्स पछिको ग्रीन सिटि हुने मुल लक्ष्य लिएर अगाडि बढेका किरण सापकोटाले यतिबेला करिब ३० वटा बिधालयहरुमा ग्रीन स्कुल अभियान संचालन गरेका छन । सापकोटाले बिद्यालयहरुमा रंगीचंगी फलफूलहरु रोपेर बिद्यालय परिसरको शोभा नै बढाएका छन । सामुदायिक बनहरुमा फलफूल तथा महत्त्वपूर्ण उपयोगी बोटबिरुवाहरु रोपेर वातावरणलाई संरक्षण गर्ने काम गरेका छन । त्यसैगरी खुल्ला ठाउँहरुमा पनि उनले यो काम गर्दै आएका छन।

आयोजक समेत रहेको my green&cleen school ले जनकल्याण सामुदायिक बन उपभोक्ता समिति रामनगर टोलबिकास सस्था बिरेन्द्रनगर नगरपालिका २ सुर्खेतको समन्वयमा हिजो फलाटेमा हाम्रो अभियान फलफूल बन अभियान अगाडि बढाएको गरेको छ । वातावरणको संरक्षण र बनको शोभालाई मनमोहक बनाउनका लागि यो अभियान अगाडि बढाईएको सापकोटाले बताए।

जनकल्याण सामुदायिक बन परिसर , बि न पा २ को खाली ठाउँमा लिची,आँप,अनार , कागती चिउरी लगयतका २०० भन्दा बढी फलफूलका बिरुवा रोपेर फलफूल बन अभियान सुरुवात गरेका छन।यस अभियानमा जनकल्याण सामुदायिक बनका अध्यक्ष ,उपाध्यक्ष टोल बिकास समितिका पदाअधिकारिहरु लगायत उपभोक्ताहरुको उपस्थित रहेको थियोे।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस