# भर्खरै
Namaste Icon
Ad
Ad

ललितपुरको विकासमा चेतनाथ संजेल, यस्ता छन् हालसम्म गौरवका योजनाहरु

ललितपुरको विकासमा चेतनाथ संजेल, यस्ता छन् हालसम्म गौरवका योजनाहरु

ललितपुर । काठमाडौँ उपत्यकाका ३ जिल्लामध्ये ललितपुर यस्तो जिल्ला हो, जसको ८० प्रतिशतभन्दा धेरै भूगोल पहाडी र दुर्गम क्षेत्रमा पर्छ। यस्तै,उपत्यकाभित्रका स्थानीय तहहरुमध्ये ३ वटा मात्र गाउँपालिका छन्, तीनवटै ललितपुर जिल्लामा पर्छन। केही वर्ष अघिसम्म ललितपुरका दक्षिण पहाडी क्षेत्रहरु अति दुर्गम थिए। आश्राङ्ग, इकुडोल,गिम्दी ठुलादुर्लुङ्ग लगायतका गाविसहरुबाट पाटन (सदरमुकाम) आउनलाई हिंडेर नै २ दिनसम्म लाग्थ्यो। यातायात, विद्युत संचार लगायत विकासका आधारभूत पूर्वाधारको समेत उपलब्धता थिएन। २०५६ सालको निर्वाचनको समयसम्म नेता तथा चुनावी उम्मेदवारहरु पनि चापागाउँ वा टिकाभैरवदेखि हिंडेर नै भोट माग्न जान्थे। अन्य समयमा जनताका समस्या र दुख बुझ्न नपुगे पनि कष्ठ नै गरेर भए तापनि चुनावको समयमा भोट माग्न चाहिँ पुग्थे।

प्राकृतिक र भौगोलिक अवस्था फेर्न असम्भव भए पनि अहिले दक्षिण ललितपुरको विकासका दृष्टिकोणबाट भने मुहार फेरिएको छ। उबेला २ दिन लगाएर भारी बोकेर औनुपर्न्बे गिम्दी, ठुलादुर्लुङ्ग लगायतका क्षेत्रमा सहजरुपमा सडक संजालबाट केही घन्टामै पुग्न सकिन्छ। शिक्षा, स्वास्थ्य, यातायात, संचार, विद्युत, खानेपानी लगायतका पूर्वाधारहरुको विकास भएको छ। विशेष गरी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा वर्षमान पुन 'अनन्त' दक्षिण पहाडी क्षेत्र समेत समेटिएको क्षेत्र नं १ मा सभासाद निर्वाचित भएपछी दक्षिण ललित्रपुराले विकासमा कोल्टे फेर्न सुरु गरेको हो। सडक सन्जाल, पुल,शिक्षा,स्वास्थ्यको क्षेत्रमा वर्षमानकै कार्यकालमा ऐतिहासिक परिवर्तन भयो,गाउँका उत्पादनले सहजै बजार पाउन थाले, दुध तरकारी लगायतका उत्पादनहरु बोकेर लानुपर्ने र त्यसै फाल्नुपर्ने अवस्था सुधार हुन थाल्यो।

दोश्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उदय समशेर राणा ललितपुर क्षेत्र नं १ बाट निर्वाचित भए र आफ्नो कार्यकालमा उनी अर्थ राज्यमन्त्री समेत बने। यद्यपि वर्षमानको कार्यकालाकै रफ्तार अनुरुप राणाले जनप्रतिनिधिको हिसाबले जस लिन सकेनन। केही टुक्रे विकासका योजना बाहेक जनताले प्रत्यक्ष रुपमा अनुभूत गर्ने गरी विकासका कार्यक्रमहरु मन्त्रीपरिषदको सदस्य हुँदा पनि आफ्नो क्षेत्रमा पार्न नसकेको आरोप राणालाई लाग्ने गरेको छ।

देशमा संघीयताको बहाली भई तीन तहको निर्वाचन सम्पन्न भएपश्चात फेरी दक्षिण ललितपुरको विकासले गति बढाएको छ। संघीय, प्रदेश र स्थानीय सरकारले आ आफ्नो कार्यक्षेत्र र अधिकारको उपयोग गर्दै आफ्नो क्षेत्रको विकासमा तल्लीन छन्। जसमध्ये विकासका गौरवपूर्ण योजना ल्याएर कार्यान्वयन गर्दै समृद्धिको यात्रामा अघि बढाउने सबैभन्दा बढी जस लिने जनप्रतिनिधि हुन्, बागमती प्रदेश सांसद चेतनाथ सञ्जेल।

२०७४ को निर्वाचनमा ललितपुर क्षेत्र नं १ (ख) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका सञ्जेलले चुनावको समयमा आफ्नो क्षेत्रका सबै स्थानीय तहमा कम्तीमा १५ शैय्याको पालिका स्तरीय अस्पताल निर्माण गर्ने, सबै क्षेत्रमा यातायात र आधारभूत विकासका पूर्वाधारको पहुँच पुर्याउने लगायतका प्रतिबद्धता व्यक्त गरेर निर्वाचनमा भाग लिएका थिए। आफूले गरेका अधिकांश प्रतिबद्धताहरू हाल कार्यान्वयनको चरणमा रहेको सञ्जेलको भनाई छ।

कार्यकालको लगभग साढे ३ वर्षको अवधिमा प्रदेश सरकारको आर्थिक सहयोगमा प्युटारमा बागमती गाउँपालिका स्तरीय अस्पताल निर्माण सम्पन्न भई सेवा प्रवाहको तयारीमा रहेको छ भने भट्टेडांडा स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी सेवासुविधा र जनशक्ति विस्तार गरी आधारभूत स्वास्थ्य सेवाको लागि समेत पाटन धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। यसैगरी चापागाउँमा रहेको बज्रबाराही चापागाउँ अस्पताललाई प्रदेश मातहतको जिल्ला अस्पतालको रुपमा विकास गरी सेवा प्रदान गरिएको छ।

सडक सन्जालको कुरा गर्ने हो भने पनि सञ्जेलको क्षेत्रमा अन्य क्षेत्रमा भन्दा धेरै फड्को मारेको अवस्था छ। कार्यकालको पहिलो वर्षमा नै कान्ति लोकपथ अन्तर्गत बागमती गाउँपालिकाको बगुवा देखि प्युटार आश्राङ्ग, गिम्दी, ठुलादुर्लुङ्ग हुँदै महांकाल गाउँपालिकाको चन्दनपुर ससिपाहा भन्ज्याङ सम्म कालोपत्रे सहित जोड्ने गरी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट साढे ३७ करोड विनियोजन भई स्तरोन्नतिको काम अघि बढेको थियो। ८ मिटर हुने उक्त सडकमा साढे ५ मिटर कालोपत्रे हुने मापदण्ड अनुरुप हाल निरन्तर रुपमा काम भईरहेको छ।

यसैगरी जिल्लाको गौरवकै आयोजनाको रुपमा गत आर्थिक वर्षमा बिर्खेधारा देखि कोञ्ज्योसोम गाउँपालिकाको दल्चोकी शंखु हुँदै बागमती गाउँपालिकाको इकुडोल माझखण्ड बाट आश्राङ्ग जोड्ने सडक बहुवर्षीय योजनामा परेको छ। कुल १६ करोड ७७ लाख ७ सय ७० रुपैयाँ उक्त योजनाका लागि प्रदेश सरकारबाट प्राप्त हुनेछ जसमध्ये चालु आर्थिक वर्षमा ३ करोड उपलब्ध हुनेछ। यसैगरी टाहाखेल न्यौपानेगाउँ विष्टगाउँ हुँदै बडिखेल जोडिने सडक स्तरोन्नतिको लागि बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २ करोड ३७ लाख रुपैयाँ प्राप्त हुने भएको छ।

पर्यटन विकासतर्फ पनि यस क्षेत्रमा उल्लेखनीय कामहरु अघि बढिरहेका छन्। विशेष गरी गोदावरी नगरपालिका १० टाहाखेलस्थित भांगावनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने त्यहाँका स्थानीयको धेरै पहिलेदेखिको चाहना बमोजिम भागावनको शिरमा हनुमानको मुर्ति प्रतिस्थापन, आकर्षक पार्क र बगैंचा निर्माणका लागि सांसद सञ्जेलको पहल र प्रदेश सरकारको सहयोगमा टाहाखेल पानीट्यांकी देखि भागवान शिर सम्म सिढी निर्माण, उक्त स्थानमा खानेपानीको ट्यांकी निर्माण गरी खानेपानी पुर्याउने काम समेत सम्पन्न गरिसकिएको छ भने टाहाखेल पानीट्यांकी संगै उक्त गौरवको आकर्षक प्रवेशद्वार पनि निर्माण गरिसकिएको छ।

यस अवधिमा गोदावरी नगरपालिकाको ११ नं बुलुमा पर्यटकीय विकासका लागि आकर्षक पार्क निर्माण गरिएको छ भने प्याङ्गगाउँमा प्रदेश सरकारकै सहयोगमा भव्य सामुदायिक भवन र चापागाउँमै ठुलो पोखरीको निर्माण गरिएको छ।

यसका अलावा सिंगो बागमती गाउँपालिकाका सात वडा ,कोञ्ज्योसोम गाउँपालिकाको शंखु र दलचोकी तथा गोदावरी नगरपालिकाका वडा नं ६,७,८,९ ,१०,११ गरी १५ वडा रहेको संजेलको निर्वाचन क्षेत्रमा हालसम्म सिखार्पा पहिरो नियन्त्रण (गोदावरी ६),चित्रे दोबाटो बाट बोहराटार जाने बाटो (गोदावरी १०) ,प्युटार गणेशढुंगा पक्की पुल (बागमती ४ र मकवानपुर जोड्ने),गिम्दीको खुर्मी मकवानपुर जोड्ने पक्की पुल,माझखण्ड खानेपानी आयोजना (चालु आर्थिकवर्षमा १ करोड ४० लाख - बागमती ५),शंखु छ्योर्देन निर्माण (कोञ्ज्योसोम २ ),दलचोकी खानेपानी आयोजना लगायतका योजनाहरु समग्र जिल्ला र प्रदेशकै गौरवको आयोजनाका रुपमा रहेका छन्।

भर्खरै सुरु भएको नयाँ आर्थिक वर्षको लागि पनि प्रदेश सरकारबाट ललितपुर क्षेत्र नं १ (ख) को लागि भौतिक पूर्वाधार, सडक, कृषि, शिक्षा, स्वास्थ्य उद्योग, पर्यटन लगायतका क्षेत्र विकासका लागि धेरै योजनाहरु सार्वजनिक भईसकेका छन्। जसमध्ये शिक्षा विकास अन्तर्गत सामाजिक विकास मन्त्रालय मार्फत आश्राङ्गको विद्याधिश्वरी मावि,दल्चोकी को गोठभन्ज्याङ मावि,गिम्दीको नारायणी माविको लागि आइसीटी ल्याब निर्माणको लागि सूचना प्रविधि प्रयोगशाला निर्माणको लागि १५/१५ लाखका योजना रहेका छन् भने शंखुको मगरगाउँ माविमा विषयगत प्रयोगशाला निर्माणको लागि १० लाखको योजना रहेको छ। गोदावरी १० को उदयखारका माविमा टस्ट निर्माणको लागि १० लाख, वडा नं ११ मा रहेको वाणीविलास माविमा टस्ट निर्माणको लागि १० लाख,गोदावरी ७ को देवी माविमा खेल मैदानमा ब्लक छाप्ने योजनाको लागी १० लाख रुपयाँ प्राप्त हुने भएको छ।

 

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस