# भर्खरै
Namaste Icon
Ad
Ad

नेपाल पक्षका १५ सांसदले कतै पनि मत नदिने

नेपाल पक्षका १५ सांसदले कतै पनि मत नदिने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर १५ जना सांसदले प्रधानमन्त्री देउवाको पक्ष र विपक्ष कतैपनि मत नदिने भएका छन् । आन्तरिक छलफलपछि नेपाल पक्षका १५ जना सांसदहरु पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णयमा पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मत दिने निर्णय गरेपछि नेपाल पक्षका सांसदहरु मत नदिने निर्णयमा पुगेका हुन् । 'प्रतिगमनको पक्षमा उभिएका महन्थ ठाकुरहरुले पक्षमा मत दिने गर्नुभयो। हामीले पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्‍यौं,' नेपाल पक्षका एक सांसदले भने ।

नेपाल पक्षका केही सांसदले भने पार्टी एकतालाई जोगाउनका लागि देउवाको पक्ष र विपक्ष कतै पनि मतदान नगर्ने निर्णय गरिएको बताएका छन्। सांसद यज्ञ सुनारले पार्टी एकता जोगाउनका लागि देउवालाई मत नदिने निर्णय भएको बताए। पक्ष/विपक्ष कतै पनि मत नदिने निर्णय गरेका एमालेका १५ जना सांसदहरु संघीय संसद भवन परिसरबाट बाहिरिएका छन्।

Ad

सम्बन्धित समाचारहरु

मन्त्रिपरिषद् विस्तारबारे परामर्शमा देउवा, को को सँग गरे छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता सहयोगी दलसँग परामर्श गरेका छन्। बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा एमाले नेता माधवकुमार नेपालसँग छलफल गरेका हुन्।

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस