# भर्खरै
Namaste Icon
Ad
Ad

विश्वासको मत प्राप्त गरे लगत्तै देउवालाई मोदीकाे बधाई

विश्वासको मत प्राप्त गरे लगत्तै  देउवालाई मोदीकाे  बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरे लगत्तै बधाई दिएका छन् । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले विश्वासको मत पाएपछि मात्रै बधाई दिएका हुन् ।

यसअघि नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले भने देउवाको निजी निवासमै पुगेर बधाई तथा शुभकामना दिएका थिए । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीको देउवाको सफल कार्यकालको कामना गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

मन्त्रिपरिषद् विस्तारबारे परामर्शमा देउवा, को को सँग गरे छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता सहयोगी दलसँग परामर्श गरेका छन्। बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा एमाले नेता माधवकुमार नेपालसँग छलफल गरेका हुन्।

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस