# भर्खरै
Namaste Icon
Ad
Ad

चापागाउँमा ७२ घण्टाभित्रै परिवारले पाए बिमाको मृत्यु दावी भुक्तानी

चापागाउँमा ७२ घण्टाभित्रै परिवारले पाए बिमाको मृत्यु  दावी भुक्तानी

सन्तोष दहाल,ललितपुर। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी चापागाउँ शाखाले केही दिनअघि निधन भएका गोदावरी नगरपालिका ११ निवासी एक बिमितको बिमा दावी भुक्तानी कागजपत्र बुझाएको ७२ घण्टाभित्रै उपलब्ध गराएको छ । शाखा प्रबन्धक सचिन केसीका अनुसार मृतकका हकवाला/ इच्छाएको व्यक्तिलाई मृतकको घरमै पुगेर उक्त रकम उपलब्ध गराएको हो ।

पछिल्लो समय बिमाको बजारमा मृत्यु दावी भुक्तानी दिँदा प्रचारात्मक शैलीमा मृतक परिवारको फोटो खिच्ने,अस्वस्थ रुपमा आफ्नो कम्पनीको प्रचार गर्ने शैली बढिरहेका बेला प्राइम लाईफ चापागाउँ शाखाले भने मृतक बिमित र पारिवारिक सदस्यको नाम नखुलाई पीडित पक्षलाई मृत्यु दावी भुक्तानी उपलब्ध गराएर फरक शैलीको सुरुवात गरेको शाखा प्रबन्धक केसीले बताए । उनका अनुसार प्रतिष्पर्धात्मक बजारमा सो कुरा कम्पनी वा व्यक्ति विशेषमा भर पर्दछ ।

बिमा गरिसकेपछि बिमितको जीवन सुरक्षा गर्नु,बचत गरिदिनु,कर छुट दिनु, ऋण दिनु,मृत्यु वा आवधिक दावी भुक्तानी दिनु आवश्यक प्रकृया र कर्तव्य भएकाले यस्ता कुरामा फोटो खिचेर वा ताली बजाएर प्रचार गर्नु भनेको पीडितलाई झन पीडा दिने कार्य भएको केसीले बताए ।

'बिमा गर्नु स्वेच्छिक बचत हो, जुन जीवन सुरक्षाको लागि गरिन्छ। 'केसीले भने,'त्यसैले यसको प्रचारप्रसार सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट गर्नु आजको समयमा आवश्यक भए तापनि को व्यक्तिले कति जम्मा गर्यो वा कति पायो भन्ने कुरा सार्वजनिक गर्नु उचित छैन कि ! '

सबै बिमा कम्पनीहरुले हामी अरुभन्दा फरक छौं भने तापनि सेवाग्राहीले प्रत्यक्ष रुपमा अनुभूत गर्ने गरी काम गर्नु प्रतिष्पर्धात्मक बजारको माग रहेको उनको भनाई छ। बजारमा नयाँ नयाँ जीवनबिमा योजनाहरु नेपालमा मात्र नभई दक्षिण एसियामै 'नयाँ प्राईम जीवन उपहार बिमा',जस्तो योजना जसमा 'एउटा बिमा गर्दा सोही विमानका बराबरको अर्को बिमा कम्पनीले उपहार स्वरुप बिमितलाई प्रदान गर्ने ',ग्यारेन्टी बोनस दिने,'प्राइम शुभलाभ',जस्तो बिमा योजाना हो। यस्तो खालको बिमा योजनाको फोटो खिचेर उपहार बिमालेख दिने अनि फलानोले पायो भन्दा पनि म पनि पाउँ वा लिन्छु वा बिमा गरेँ भन्ने सन्देश दिन सकिने केसीको विश्वास छ।

दावी भुक्तानी लिंदै गर्दा मृतककी श्रीमतीले आफ्नो श्रीमान् गुमाउनुको पीडा अपुरणीय भए तापनि श्रीमानले परिवारलाई अप्ठ्यारो पर्दाको समयमा सहज होस् भनेर बिमा गरेकाले अहिले भुक्तानी पाईएकोमा कम्पनी प्रति आभार प्रकट
गरिन।

कम्पनीकी एजेन्सी म्यानेजर रचना देशारले कम्पनीमा आबद्ध भए देखि बिमितको सेवा सुविधाको मामलामा आफूले शिर उच्च हुने गरी काम गर्न पाएको बताईन। आफ्नो वा आफ्नो परिवारको बिमा गर्नलाई मात्र नभई आफ्नो गाउँ,टोल तथा छिमेकमा पनि बिमाको महत्त्वको बारेमा बुझाऊदै जनचेतना अभिवृद्धि गर्नु अभिकर्ताको कर्तव्य रहेको उनको भनाई छ।

Ad

सम्बन्धित समाचारहरु

मेगा बैंकले वित्तीय बजारमा छुटै पहिचान र ब्राण्ड बनाउन सफल भएको छ– अध्यक्ष शाह

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंकको रुपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौं,’ अध्यक्ष शाहले भने– ‘राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्छौं ।’

ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेल नेपाली बजार

ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेल नेपाली बजार

काठमाडौं । ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेका छन् । नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी.जी. इम्पेक्स प्रा.लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो । विभिन्न क्षेत्रहरुमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भी.जी.इम्पेक्सले जिडब्लुएम सँग सहकार्य गर्दै अहिले दुईवटा एसयुभि र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ ।

Ad

प्रतिक्रिया दिनुहोस