# भर्खरै
Namaste Icon
Ad
Ad

‘बजरंगी भाईजान २’को तयारीमा सलमान र करीना

‘बजरंगी भाईजान २’को तयारीमा सलमान र करीना

मुम्बई । अभिनेता सलमान खान र अभिनेत्री करीना कपूर खानको फिल्म ‘बजरंगी भाईजान’लाई बलिउडकै एउटा उत्कृष्ट फिल्म मानिन्छ । सन् २०१५ मा रिलिज भएको यो फिल्मले बक्सअफिसमा ३ सय २० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । फिल्म रिलिजको अहिले ६ वर्ष पुरा भएको छ । फ्यानहरु फिल्मको सिक्वेल अर्थात ‘बजरंगी भाईजान २’को माग गरिरहेका छन् ।

फिल्म ‘बाहुबली’का लेखक केवी विजयेन्द्र प्रसादले आफूले केही समय अघि ‘बजरंगी भाईजान २’को कथा सलमानलाई बताएको खुलाएका छन् । ‘कथा सुनेपछि सलमान उत्साहित भएका छन् । तर म यसलाई अगाडि बढाउनका लागि एउटा उपयुक्त साधनको खोजीमा छु’, उनले भनेका छन् ।

उनले सलमानसँग आफूले आकस्मिक भेटेको र आफूलाई फिल्मको सिक्वेलको बारेमा बताउदा सलमानले ‘एक राम्रो विचार’ भनेको स्मरण गरे । सलमान हाल अभिनेत्री कटरीना कैफका साथ फिल्म ‘टाइगर–३’को सुटिङ गरिरहेका छन् । फिल्मको निर्देशन मनीष शर्माले गरेका छन् । फिल्ममा इमरान हासमी प्रमुख भिलेनका रुपमा छन् । - दैनिक भास्कर

Ad

सम्बन्धित समाचारहरु

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

कैलाली । लोक डेउडा गायक तथा सर्जक डिल्लीराज फुलाराको निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको घर नजिकै निधन भएको हो । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीमा जन्मिएका फुलाराको शुक्रबार निधन भएको बताइएको छ । फुलाराका बझाङ जाने गाडी, चौकिदार, दारु खाइवर, बम्बै है दिएको पत्र लगायतका दर्जनौ गीत चर्चामा थिए।

प्रेम नेपाली र पुर्णकला बिसीको स्वरमा ‘प्रिती फुल ओइलाइगै’ (भिडियो)

काठमाडौं । गायक प्रेम नेपाली र पुर्णकला बिसीको सुमधुर स्वरमा सजिएको लोक डेउडा भाका ‘पिर्ती फुल ओइलागै’ सार्वजनिक भएको छ । गीतमा जय रोकायाको संगित रहेको छ, भने दिपक बहादुर साउदको लय रहेको छ । गीतमा सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस