# भर्खरै
Namaste Icon
Ad
Ad

साउन ६ गते सार्वजनिक बिदा

साउन ६ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ६ गते बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको बताए । यसैगरी, बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद दिने र नि:शुल्क थप खोप उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

मन्त्रिपरिषद् विस्तारबारे परामर्शमा देउवा, को को सँग गरे छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता सहयोगी दलसँग परामर्श गरेका छन्। बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा एमाले नेता माधवकुमार नेपालसँग छलफल गरेका हुन्।

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस