# भर्खरै
Namaste Icon
Ad
Ad

राज लिम्बुको संगीतमा 'छटपटी' सार्वजनिक (भिडियो )

राज लिम्बुको संगीतमा 'छटपटी' सार्वजनिक (भिडियो )

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको यस गीतमा शब्द र संगीत रहेको छ। प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पिडालाई समेटेर तयार पारिएको यस गीतलाई दिपक राज बिश्वकर्माले संगीत संयोजन गरेका हुन्। गायक लिम्बु जीवनको यथार्थलाई समेटेर सिर्जना गर्न रुचाउछन्। यसअघि गायक लिम्बुको स्वरमा 'बुझिदेउ', 'म पागल', 'जलेर खरानी' लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।

वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की र बिष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। इजरायलमा छायांकन गरिएको यस भिडियोलाई सन्तोष माबो (माबो क्रिएशन) को छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल 'राज लिम्बु' मार्फत भिडियो सार्वजनिक गरिएको हो। विदेशी भूमिमा तयार पारिएको यस भिडियोलाई दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

 

Ad

सम्बन्धित समाचारहरु

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

कैलाली । लोक डेउडा गायक तथा सर्जक डिल्लीराज फुलाराको निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको घर नजिकै निधन भएको हो । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीमा जन्मिएका फुलाराको शुक्रबार निधन भएको बताइएको छ । फुलाराका बझाङ जाने गाडी, चौकिदार, दारु खाइवर, बम्बै है दिएको पत्र लगायतका दर्जनौ गीत चर्चामा थिए।

प्रेम नेपाली र पुर्णकला बिसीको स्वरमा ‘प्रिती फुल ओइलाइगै’ (भिडियो)

काठमाडौं । गायक प्रेम नेपाली र पुर्णकला बिसीको सुमधुर स्वरमा सजिएको लोक डेउडा भाका ‘पिर्ती फुल ओइलागै’ सार्वजनिक भएको छ । गीतमा जय रोकायाको संगित रहेको छ, भने दिपक बहादुर साउदको लय रहेको छ । गीतमा सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस