# भर्खरै
Namaste Icon
Ad
Ad

'माधव जित्दा एमाले नै हार्छ, तर एमाले जित्दा माधव मात्र हार्छन् तसर्थ...'

'माधव जित्दा एमाले नै हार्छ, तर एमाले जित्दा माधव मात्र हार्छन् तसर्थ...'

काठमाडौं । नेकपा एमालेका एकजना नेता गोकुल बास्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अब पार्टीमा राखिरहन जरुरी नरहेको बताएका छन्। आइतवार संघीय संसदमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता नेपालले विश्वासको मत दिएपछि अब उनलाई एमालेमा राखिरहन नसकिने दाबी पूर्व मन्त्रीसमेत रहेका बास्कोटाले गरेका हुन्।

बास्कोटाले एमाले र माधव नेपाललाई सँगै हिँडाउनै नसकिने अवस्था आएको पनि तर्क गरेका छन्। उनले एमालेजनले अब अलमलबिना व्यक्ति वा पार्टी एक रोज्नुपर्ने तर्क गरेका छन्।

'अब एमाले र माधव नेपाललाई न त सँगै हिँडाउन सकिन्छ न त जिताउन नै!', बास्कोटाले भनेका छन्, 'माधव जित्दा एमाले नै हार्छ, तर एमाले जित्दा माधव मात्र हार्छन्। तसर्थ, देशभरका एमालेजनले बिनाअलमल व्यक्ति वा पार्टीमध्ये एक रोज्न पर्छ। अर्को विकल्प छैन।'

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोममा वाईसिएल पुनर्गठन,नल्लुबाट २७ जना माओवादी केन्द्रमा प्रवेश

सन्तोष दहाल,ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को प्रथम भेला सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलामा कोञ्ज्योसोम गाउँपालिकाको वडा नं ४ नल्लु बाट २७ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कांग्रेस पदाधिकारी बैठक : अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो । बैठकपछि काँग्रेस नेता रमेश लेखकले भने ‘स्थानीय तहको अधिवेशन सर्ने भयो । कहिले सार्ने भनेर मिति तोकेको छैन । कार्यतालिका पछि ल्याउने कुरा भएको छ ।’ लेखकका अनुसार महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउन भन्ने सहमति भएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस