# भर्खरै
Namaste Icon
Ad
Ad

अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ, यस्ताे छ आरोप

अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ, यस्ताे छ आरोप

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ । व्यापारीसमेत रहेका कुन्द्रालाई पोर्नोग्राफिक चलचित्र बनाएको तिनलाई विभिन्न एपहरूबाट सार्वजनिक गरेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो ।

मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा क्राइम बेञ्चमा एउटा उजुरी दर्ता भएको थियो । त्यसको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले यो घटनाको अनुसन्धान जारी रहेको बताएको छ। शिल्पा शेट्टी र राज कुन्द्राले भने पक्राउबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । कुन्द्रालाई प्रहरीले आजै अदालतमा पेस गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

कैलाली । लोक डेउडा गायक तथा सर्जक डिल्लीराज फुलाराको निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको घर नजिकै निधन भएको हो । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीमा जन्मिएका फुलाराको शुक्रबार निधन भएको बताइएको छ । फुलाराका बझाङ जाने गाडी, चौकिदार, दारु खाइवर, बम्बै है दिएको पत्र लगायतका दर्जनौ गीत चर्चामा थिए।

प्रेम नेपाली र पुर्णकला बिसीको स्वरमा ‘प्रिती फुल ओइलाइगै’ (भिडियो)

काठमाडौं । गायक प्रेम नेपाली र पुर्णकला बिसीको सुमधुर स्वरमा सजिएको लोक डेउडा भाका ‘पिर्ती फुल ओइलागै’ सार्वजनिक भएको छ । गीतमा जय रोकायाको संगित रहेको छ, भने दिपक बहादुर साउदको लय रहेको छ । गीतमा सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस