# भर्खरै
Namaste Icon
Ad
Ad

एमालेका २२ जनाले राजनीतिक अपराध गरेको भन्दै विराेध स्वरूप सुर्खेतमा कपाल मुण्डन

एमालेका २२ जनाले राजनीतिक अपराध गरेको भन्दै विराेध स्वरूप सुर्खेतमा कपाल मुण्डन

खगेन्द्र हमाल, सुर्खेत । अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र शाहि र युवासंघ नेपालका केन्द्रिय सदस्य टेकराज आचार्यले नेकपा एमालेका २२ जना संसदहरुले राजनीतिक अपराध गरेको भन्दै कपाल मुण्डन गरेका छन । पार्टीको ह्विपलाई उलंघन गरि आफ्नै पार्टीको सरकारलाई समर्थन नगरि विपक्षी गठबन्धनलाई सहयोग गरेको भन्दै कपाल मुण्डन गरेको संयोजक धुपेन्द्र शाहीले बताए ।

पार्टी एकताका निम्ति विभिन्न प्रयासहरु भैरहेका बेलामा पार्टीको निर्देशनलाई बेवास्था गरि, कार्यदलको औचित्यलाई समाप्त पारि विपक्षीलाई सघाएर आफ्नो घर भत्काउने २२ जना संसदहरुलाई प्रत्येक जिल्लाबाट कडा प्रतिबाद गर्ने संयोजक शाहीको भनाई रहेको थियो ।

प्रतिकुल मौसमका कारण दाहासस्कार गर्न नसकिएपनि कपाल मुण्डन गरेर पार्टीको अपराधीक क्रियाकलाप गर्ने संसदहरुको शोक प्रकट गरेको उनको भनाइ रहेकोे थियो । पार्टीको ह्विपलाई ठाडै उलंघन गर्ने, विपक्षीलाई सहयोग गरेर पदको लागि मरिहत्ते गर्ने कर्णालीका संसदहरुलाई पनि जनस्तर बाटै कडा प्रतिबाद गर्ने शाहीले चेतावनी समेत दिए ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस