# भर्खरै
Namaste Icon
Ad
Ad

नेपाल पक्षको स्थायी कमिटी बैठकमा किन गएनन भीम रावल ?

नेपाल पक्षको स्थायी कमिटी बैठकमा किन गएनन भीम रावल ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा भीम रावल अनुपस्थित भएका छन् । बुधबार दिउँसो बानेश्वरमा सुरु भएको बैठमा रावल बाहेक नेपाल पक्षका अन्य स्थायी कमिटी सदस्यहरु भने सहभागी भएका छन् । बैठकमा सुरेन्द्र पाण्डे भने केही ढिलो गरी उपस्थित भएका थिए।

घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरु भने समयमै बैठकस्थलमा उपस्थित भएका थिए । एमालेका उपाध्यक्ष समेत रहेका नेता रावलले आइतबार (साउन ३ गते) प्रतिनिध सभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए।

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोममा वाईसिएल पुनर्गठन,नल्लुबाट २७ जना माओवादी केन्द्रमा प्रवेश

सन्तोष दहाल,ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को प्रथम भेला सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलामा कोञ्ज्योसोम गाउँपालिकाको वडा नं ४ नल्लु बाट २७ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कांग्रेस पदाधिकारी बैठक : अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो । बैठकपछि काँग्रेस नेता रमेश लेखकले भने ‘स्थानीय तहको अधिवेशन सर्ने भयो । कहिले सार्ने भनेर मिति तोकेको छैन । कार्यतालिका पछि ल्याउने कुरा भएको छ ।’ लेखकका अनुसार महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउन भन्ने सहमति भएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस