# भर्खरै
Namaste Icon
Ad
Ad

बैठकमा नगएपछि माधव नेपाल पुगे भीम रावलकै निजी निवासमा

बैठकमा नगएपछि माधव नेपाल पुगे भीम रावलकै निजी निवासमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी नेता भीम रावललाई भेट्न रावलको निजी निवास टोखा पुगेका छन् । रावल बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा अनुपस्थित भएका थिए । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा घोषणा गरेका थिए।

रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ । बुधबारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरुले रावलको राजीनामा रोक्नुपर्ने धारणा राखेका थिए । राजीनामा फिर्ताका लागि अरु नेताहरुले कुरा गर्दा नमानेपछि नेपाल नै रावलको निजी निवास टोखा पुगेका हुन् ।

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोममा वाईसिएल पुनर्गठन,नल्लुबाट २७ जना माओवादी केन्द्रमा प्रवेश

सन्तोष दहाल,ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को प्रथम भेला सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलामा कोञ्ज्योसोम गाउँपालिकाको वडा नं ४ नल्लु बाट २७ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कांग्रेस पदाधिकारी बैठक : अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो । बैठकपछि काँग्रेस नेता रमेश लेखकले भने ‘स्थानीय तहको अधिवेशन सर्ने भयो । कहिले सार्ने भनेर मिति तोकेको छैन । कार्यतालिका पछि ल्याउने कुरा भएको छ ।’ लेखकका अनुसार महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउन भन्ने सहमति भएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस