# भर्खरै
Namaste Icon
Ad
Ad

चिङ्गाडमा कांग्रेस सभापतिमा भक्त बहादुर आर.सी.को दावेदारी

चिङ्गाडमा कांग्रेस सभापतिमा भक्त बहादुर आर.सी.को दावेदारी

खगेन्द्र हमाल, सुर्खेत । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा पार्टी भित्रबाट केन्द्र प्रदेश देखि स्थानीय तहसम्म सभापति नेतृत्वको लागि दावेदारिको प्रतिस्पर्धा चलिरहेको छ । लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध भएर सक्रिय राजनीति गरेका चिङ्गाडका युवा नेता भक्तबहादुर आर सी को नाम यतिबेला चर्चामा रहेको छ । सुर्खेतको स्थानीय तह चिङ्गाड गाउँपालिका बाट नेपाली काङ्ग्रेसको सभापतिको नेतृत्व कसले गर्ने भन्ने बिषयमा ब्यापक बहस भएको बेला भक्त बहादुरको अनुहार चर्चामा आएका छ ।

झण्डै तीन दशक देखि नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा लागेका भक्त बहादुर आर सी ले पार्टीमा कहिले पनि आफुले जिम्मेवारी पाउनुपर्छ भनेर दावि गरेनन । जन्मजात नेपाली काङ्ग्रेस, बिचारमा अडिग उनले आफ्नो राजनीतिक आदर्शको बाटोलाई कहिलेपनि भुलेनन । पार्टीको जिम्मेवारी पाउनु नै ठुलो कुरा होईन बरु पार्टी संगठनलाई कसरी चलायमान बनाउन सकिन्छ त्यसतर्फ सकृय भुमिका निभाउनु हरेक काङ्ग्रेस नेता कार्यकर्ताको कर्तब्य रहेकोले मैले अहिलेसम्म त्यो कर्तब्य पार्टी,देश र जनताको निम्ति निर्वाह गर्दै आएको उनको भनाई रहेकोे छ।


आगामी निर्वाचन हुन झण्डै डेढ बर्ष बाकि रहेतापनि महाधिवेशन बाट नै कसले कहा जिम्मेवारी लिने र बहन गर्ने भन्ने बारेमा स्पष्ट हुने भएकोले चिङ्गाड गाउँपालिकामा पनि युवा नेतृत्व अगाडि ल्याउनुपर्छ भन्ने काङ्ग्रेस कार्यकर्ता शुभचिन्तकहरुको भनाइ रहेको छ।२०४८ साल बैशाख ६ गते नेपाली काङ्ग्रेसका पुर्व गृहमन्त्री एवम् पार्टीका महामन्त्री तत्कालीन नेपाली काङ्ग्रेसका उम्मेदवार पुर्ण बहादुर खड्काको उपस्थितिमा मटेला ठाटिमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर काङ्ग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका नेता भक्त बहादुर आर सी ।२०४९ सालमा भैरव मावि अवलचिङ्गको नेविसंघ सदस्यको जिम्मेवारी बहन गरेका थिए। २०५३ सालमा सुर्खेत शिक्षा क्याम्पको नेविसंघ ईकाई सदस्य हुदै २०५६ सालमा सुर्खेत शिक्षा क्याम्प नेविसंघ सचिवको भुमिका निर्वाह गरेका थिए।

पार्टीको ११औं महाधिवेशन २०६४ सालमा पार्टीको कृयाशिल सदस्यता प्राप्त गरेपछि राजनीति यात्राकै क्रममा युवा नेता आरसीले पार्टीको १२औं महाधिवेशन २०६८ सालमा क्षेत्रीय प्रतिनिधि छनौट भएका थिए ।२०७२ सालमा पार्टीको १३औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि छनौट भएर आफ्नो भुमिका निर्वाह गर्दै को क्षेत्रीय सदस्य निर्वाचित भएका थिए । १४औं महाधिवेशन प्रतिनिधि भएर उक्त अधिबेशन बाट क्षेत्रीय सदस्यमा निर्वाचित भएका आरसी तत्कालीन बिद्रोहि माओवादी पीडित भएर ८ दिन हिरासत २२ दिन जेल बसेका थिए ।

२०६२–६३ सालको जन आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्दै तिन पटक गिरफ्तारी परि रिहाई भएका नेता आरसी माओवादी जनयुद्ध पीडित पनि हुन । जनयुद्धमा होमिएको नेकपा माओवादी र तत्कालीन देशको परिस्थितिले गर्दा आफुलाई असुरक्षित महसुस भएपछि र गाउँमा बस्ने वातावरण नभएपछि केहि समयका लागि उनि बिरेन्द्रनगर झरेका थिए । मध्यपश्चिम अखण्ड आन्दोलनमा पनि उनको राम्रो योगदान रहेकोे थियो । पार्टी संगठन निर्माणमा एकजुट भएर अगाडि बढ्नुपर्ने र युवा पुस्तालाई राजनीतिमा ल्याउनु अति आवस्यक भएकोले पार्टी संगठनको मार्ग निर्देशन प्रति आफु प्रतिबद्ध भएर अगाडि बढ्ने उनको भनाइ रहेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस