# भर्खरै
Namaste Icon
Ad
Ad

सहमति कार्यान्वयनमा देउवा सरकार सकारात्मक : प्रकाण्ड

सहमति कार्यान्वयनमा देउवा सरकार सकारात्मक : प्रकाण्ड

काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सकारात्मक देखिएको जनाइएको छ । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बुधवार प्रधानमन्त्री देउवा र गृहमन्त्रीसँगको भेटवार्ता प्रभावकारी र महत्त्वपूर्ण भएको जनाएका छन् ।

प्रकाण्डले फेसबूक पेजमा लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीबीच ओली सरकारसँगको ३ बुँदे सहमतिको कार्यान्वयन र नेकपाका नेता/कार्यकर्ताको रिहाइबारे छलफल । देशको राजनीतिक समस्या विषयमा बहस गर्दै जाने विषयमा छलफल । सरकार ३ बुँदे सहमतिको कार्यान्वयनमा सकारात्मक ।’

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोममा वाईसिएल पुनर्गठन,नल्लुबाट २७ जना माओवादी केन्द्रमा प्रवेश

सन्तोष दहाल,ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को प्रथम भेला सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलामा कोञ्ज्योसोम गाउँपालिकाको वडा नं ४ नल्लु बाट २७ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कांग्रेस पदाधिकारी बैठक : अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो । बैठकपछि काँग्रेस नेता रमेश लेखकले भने ‘स्थानीय तहको अधिवेशन सर्ने भयो । कहिले सार्ने भनेर मिति तोकेको छैन । कार्यतालिका पछि ल्याउने कुरा भएको छ ।’ लेखकका अनुसार महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउन भन्ने सहमति भएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस