# भर्खरै
Namaste Icon
Ad
Ad

मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य नै छैन : विप्लव

मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य नै छैन : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) ले जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै विप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा जार्नुपर्ने भन्दै जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गरेका हुन् ।

उनले अहिले मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य नै नरहेको जिकिर गरे । नेपालको राजनीतिमा विकृति र दलालीकरण भएको आरोप लगाउदै विप्लवले अहिले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्थामा नरहेको तर्क गरे ।

पार्टी एकतादेखि फुटाउनेसम्म र सरकार बनाउनदेखि गिराउनेसम्मको काममा बिदेशी हस्तक्षेप हुनु दुर्भाग्य रहेको उनले बताए । उनले कम्युनिस्टले भन्दै आएको पूँजिवाद र कांग्रेसले भन्दै आएको लोकतन्त्रको परिभाषालाई पनि परिवर्तन गर्नुपर्ने बताए । विप्लवले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु क्रान्तिमा नै रहने स्पष्ट पारे ।

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोममा वाईसिएल पुनर्गठन,नल्लुबाट २७ जना माओवादी केन्द्रमा प्रवेश

सन्तोष दहाल,ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को प्रथम भेला सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलामा कोञ्ज्योसोम गाउँपालिकाको वडा नं ४ नल्लु बाट २७ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कांग्रेस पदाधिकारी बैठक : अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो । बैठकपछि काँग्रेस नेता रमेश लेखकले भने ‘स्थानीय तहको अधिवेशन सर्ने भयो । कहिले सार्ने भनेर मिति तोकेको छैन । कार्यतालिका पछि ल्याउने कुरा भएको छ ।’ लेखकका अनुसार महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउन भन्ने सहमति भएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस