# भर्खरै
Namaste Icon
Ad
Ad

म किसान श्रेष्ठसँग सति जान सक्दिन : महेश बस्नेत

म किसान श्रेष्ठसँग सति जान सक्दिन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले केपी ओलीको खेमा छोडेर माधव नेपालतिर लागेका किसान श्रेष्ठसँग आफू सति जान नसक्ने बताएका छन् । केही मिडियाले किसान श्रेष्ठले ओली खेमा छाडेकाले अब महेश बस्नेतले पनि त्यो खेमा छाड्न लागेको भनेर समाचार सम्प्रेषण गरेकोप्रति संकेत गर्दै बस्नेतले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। ‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौराणिककालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन’, उनले ट्वीटरमा लेखेका छन्, ‘केही मिडिया किन रमाएका हुन् ?’

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोममा वाईसिएल पुनर्गठन,नल्लुबाट २७ जना माओवादी केन्द्रमा प्रवेश

सन्तोष दहाल,ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को प्रथम भेला सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलामा कोञ्ज्योसोम गाउँपालिकाको वडा नं ४ नल्लु बाट २७ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कांग्रेस पदाधिकारी बैठक : अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो । बैठकपछि काँग्रेस नेता रमेश लेखकले भने ‘स्थानीय तहको अधिवेशन सर्ने भयो । कहिले सार्ने भनेर मिति तोकेको छैन । कार्यतालिका पछि ल्याउने कुरा भएको छ ।’ लेखकका अनुसार महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउन भन्ने सहमति भएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस