# भर्खरै
Namaste Icon
Ad
Ad

काठमाडौं उपत्यकामा संक्रमण बढ्दै

काठमाडौं उपत्यकामा संक्रमण बढ्दै

काठमाडाैं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ। एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिनदेखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।

निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। उनले साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ। नागरिक दैनिकमा खबर छ ।

Ad

सम्बन्धित समाचारहरु

मन्त्रिपरिषद् विस्तारबारे परामर्शमा देउवा, को को सँग गरे छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता सहयोगी दलसँग परामर्श गरेका छन्। बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा एमाले नेता माधवकुमार नेपालसँग छलफल गरेका हुन्।

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस