# भर्खरै
Namaste Icon
Ad
Ad

कास्की आदर्श समाज साउदी अरबद्वारा कास्कीमा विभिन्न अस्पतालहरुमा स्वस्थ्य सामाग्री सहयोग

कास्की आदर्श समाज साउदी अरबद्वारा कास्कीमा विभिन्न अस्पतालहरुमा स्वस्थ्य सामाग्री सहयोग

पाेखरा । कास्की आदर्श समाज साउदी अरबले कास्कीका विभिन्न चार वटा स्वास्थ्य संस्थालाई स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरले परेकाे समस्यालाई केही हद सम्म समाधान गर्ने उद्देश्यले सन्चालन गरेको कोरोना राहत अभियानमा संकलन भएको रकम रु सात लाख बराबरको स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएकाे हाे ।

पोखराको पश्चिमान्चल क्षेत्रिय अस्पताल (गण्डकी), मातृशिशु मितेरी अस्पताल बाटुलेचौर, लेखनाथ कोभिड विशेष अस्पताल र मादि ४ तारकाङ मा रहेको आधारभुत स्वास्थ केन्द्र गरि करिब सात लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

बिहिवार कास्की आदर्श समाज साउदी अरेबियाबाट प्राप्त स्वास्थ्य सामाग्रीहरू मादी गाउँपालिका वडा नं ४ तारकाङमा रहेको आधारभुत स्वास्थ केन्द्रलाइ उक्त वडा नं ४ का वडाध्यक्ष श्री सत्यराज साप्कोटाको उपस्थितिमा तथा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपालका नेपाल च्याप्टर संयोजक विश्वबन्धु थापाको सभापतित्वमा एक विशेष समारोह बिच हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार विशेष समारोह बिच आयोजित हस्तान्तरण कार्यक्रम छुट्टाछुट्टै रूपमा संचालन गरिएको थियो ।

पहिलो कार्यक्रम मातृशिशु मितेरी अस्पतालमा गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा मन्त्रि कुमार खड्काको प्रमुख आथित्यता रहेको थियो भने विशेष अतिथीमा अस्पतालका सँस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश सभाका संसद कृष्ण थापा रहेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरू वडा नं १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वडा नं १६ का वडाध्यक्ष जीवन आचार्य, अस्पताल व्यावस्थापन समितिका अध्यक्ष उषा बरूवाल तथा अन्य समाजिक ब्याक्तित्वको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री खड्काले मातृभूमिका लागि सहयोग गर्नुपर्छ भन्ने भावना सबैका लागि अनुकरणीय भएको बताए । मन्त्री खड्काले गण्डकी प्रदेश वासीका लागि खोपको व्यवस्था गर्न दुई अर्ब रकम व्यवस्था गरिएको र आवश्यक तयारी गर्न निर्देशन दिइएको जानकारी दिए । कार्यक्रममा मातृशिशु मितेरी अस्पतालका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश संसद कृष्ण थापा, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवाल, पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले बोलेका थिए ।

दोश्रो कार्यक्रम लेखनाथ कोभिड विशेष अस्पतालमा पोखरा महानगरपालिका का मेयर मानबहादुर जिसीको प्रमुख आथित्यता रहेको थियो, भने विशेष अतिथीमा पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा उपस्थिति रहेको थियाे । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधी वडा नं २७ का वडा अध्यक्ष पुर्णकुमार गुरूङ, अस्पतालका प्राविधिक प्रतिमाजी, परिषद्का सँस्थापक सल्लाहकार प्रकाशलाल श्रेष्ठको अतिथिको रूपमा उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर जिसीले हर विपदमा मातृभूमिका लागि सहयोग गर्न तत्पर रहने कास्की आदर्शको स्थापनाकाल देखि नै महानगरसँग सहकार्य गर्नु आफैमा अनुकरणिय काम रहेको कुरा उल्लेख गर्दै भविष्यमा पनि साथ र सहयोगको लागि अपिल पनि गरे । कार्यक्रममा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा र पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरूङले बोलेका थिए ।

तेश्रो तथा अन्तिम कार्यक्रम पश्चिमान्चल क्षेत्रिय अस्पताल (गण्डकी) मा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको प्रमुख आथित्यता रहेको थियो भने विशेष अतिथीमा क्षेत्रिय अस्पतालका निर्देशक प्रा.डा. भरत बहादुर खत्री र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. कृष्ण श्रेष्ठ थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर जिसीले कास्की आदर्श समाज साउदी अरबको स्थापनाकाल देखिको सामाजिक गतिबिधिका बारेमा खुले प्रशंसा गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. कृष्ण श्रेष्ठले सहयोगी संस्था उक्त अभियान जोडिनु हुने सम्पूर्ण सहयोगी मन प्रती आभार सहित कृतज्ञता प्रकट गरे ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका संयोजक विश्वबन्धु थापाको अध्यक्षतामा भएको तीन चरणका हस्तान्तरण कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष डा. सुन्दर पौडेल, उपाध्यक्ष तिलकशाली सापकोटाले बोलेका थिए, भने सचिव केदार कुँवरले संचालन गरेका थिए । स्वास्थ्य सामाग्रीहरू तथा उपकरणहरूको खरिदका लागि कास्की आदर्श समाज साउदी अरेबियाको पहलमा अध्यक्ष अमर सापकोटाले आर्थिक सहयोग संकलन अभियानमा जोडिनु हुने सम्पुर्ण सहयोगी, बुद्धिजिवि, समाज ब्याक्तित्व, विभिन्न संघ संस्थाहरु प्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

Ad

सम्बन्धित समाचारहरु

स्वर्गीय पिताको सम्झनामा एनआरएनएका पूर्व कोषाध्यक्षद्धारा खेलाडीलाई सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष एवम् समाजसेवी हिक्मत थापाले आफ्ना स्वर्गीय पिताको सम्झनामा खेलाडीहरुलाई सहयोग गरेका छन् । स्वर्गीय पिता आख्यानकार गगनसिंह थापाको सम्झनामा आफ्नो गाउँमा रहेको चेतना सामुदायिक विकास मञ्चका खेलाडीलाई ड्रेस र खेलकुद सामग्री खरिदका लागि १५ हजार सहयोग गरेका हुन् ।

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस